स्व. राईको आज यसरी गरियो अन्त्यष्टि

श्रावण ८,धनकुटा । धनकुटाको चौविसे गाउपालिका वडा नं ६ का निर्वाचित वडा सदस्य हर्कमाया राईको श्रीमान तथा नेपाली कांग्रेस राजारानीका सक्रिय कार्यकर्ता स्व. रनेश राईको आज अन्त्यष्टि गरिएको छ ।

कोरोना संक्रमण कारण ४५ वर्षकै उमेरमा निधन भएका उहाँको आज नेपाली कांग्रेसको झण्डा ओढाएर अन्त्यष्ठि गरिएको हो । दुई हप्ता अघि कोरोना संक्रमण पुष्टि भई विराटनगर स्थित कोशी कोभिड अस्पताल उपचाररत उहाँको आफ्नै गाउँ राजारानी स्थित तिलिगाउमा अत्यष्ठि गरिएको हो।

उहाको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईद्धारा जारी शोक विज्ञप्तीमा उल्लेख छ । साथै सचिव राईले रनेशको निधन प्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण र परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ । स्व. रनेशको पार्थिव शरिरमा नेपाली कांग्रेस धनकुटा चौबीसे गाउंपालिका सभापती बिजु राईले पार्टीको झण्डा ओढाई सम्मान गर्नु भएको थियो ।

२०३३ साल भाद्र महिनामा धनकुटाको राजारानीमा बुवा जगत वहादुर राई र आमा मन कुमारी राईको कोखबाट जन्मनु भएका रनेश राईको निधनले नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

रनेशको अन्त्यष्ठिमा कांग्रेस धनकुटाका जिल्ला सदस्य हर्कमान चेम्जोङ,महासमिति सदस्यहरु तलित वहादुर चेम्जोङ, दुर्गा सुवेदी, सभापती नगेन्द्र राई,पूर्व सभापती हर्कसिंह राई लगायत नेता तथा कार्यकर्ता र आफन्तजनको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।