धनकुटामा आज ४ जनामा संक्रमण पुष्टि,१२ संक्रमणमुक्त
धनकुटा, १० साउन । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ५८ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ ३० बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो ।
जस अनुसार आज ४ जनामा संक्रमण पुष्टि भएको छ भने आज १२ जना पनि कोरोना संक्रमण मुक्त भएको जनाईएको छ । १ सय ३० जना होम आइसोलेसनमा रहेका छन् भने १५ जना संस्थागत आइसोलेसनमा र १३ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रशासकीय अधिकृत बिक्रम लिम्बु द्धरा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।
साथै यसै जिल्लामा संक्रमित भई यसै जिल्लामा मृ त्यु हुनेको संख्या १० रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृ त्यु हुनेको संख्या १७ रहेको जनाइएको छ ।
यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यु हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।


