धनकुटामा फेरी बढ्न थाल्यो कोरोना संक्रमण दर
धनकुटा,१२ साउन । निशेधाज्ञा खुकुलो भए संगै धनकुटामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । निशेधाज्ञाको समयमा घटेको संक्रमण एक साता देखि क्रमश बढ्न थालेको जिल्ल प्रसाशन कार्यलय ले सार्वजनिक गरेका विवरणामा जनाएको छ ।
कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले साउन २० गते सम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञाको समय थप गरेपनि सबै खाले पसल लाई विहान ६ बजे देखि राती ८ बजे सम्म खोल्न दिइएको छ । सार्वजनिक यातायत संचालन भई रहेका छन् भन्ने अन्य क्षेत्र पनि संचालनमा रहेका छन् जसले गर्दा पनि संक्रमण बढ्दै गएको अनुमान गरिएको छ ।
साथै त्रिभुवन विश्वविद्यालय अन्र्तगतका परिक्षा संचालन हुने क्यापसहरुमा समेत त्रिभुवन विश्वविद्यालय अन्र्तगत तोकीएका परिक्षा संचालन भई रहेका छन् । आजमात्र धनकुटामा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ८६ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ ३० बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो ।
जस अनुसार आज ३६ जनामा संक्रमण पुष्टि भएको छ भने आज १५ जना कोरोना संक्रमण मुतm भएको जनाईएको छ । १ सय ५४ जना होम आइसोलेसनमा रहेका छन् भने १९ जना संस्थागत आइसोलेसनमा र १३ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठ द्धरा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।
साथै यसै जिल्लामा संक्रमित भई यसै जिल्लामा मृ त्यु हुनेको संख्या १० रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृ त्यु हुनेको संख्या १७ रहेको जनाइएको छ । यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यु हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।


