कोरोना विरुद्धको खोप लगाउन धनकुटा उद्योग बाणिज्य संघद्वारा सरकारको गंभिर ध्यानाकार्षण

श्रावण १६,धनकुटा । धनकुटाका सम्पूर्ण व्यावसायीहरुलाई कोरोना विरुद्धको खोप लगाउन धनकुटा उद्योग बाणिज्य संघले सरकारको गंभिर ध्यानर्कषण गराएको छ ।

संघका अध्यक्ष विजय सन्तोषी राईले आज विज्ञप्ती जारी गर्दै तेस्रो लहरको कोरोना तिव्र रुपमा फैलिदै गएको र त्यसको मार प्रत्यक्ष रुपमा व्यावसायीहरु परेरिहेकाले तत्काल खोपको व्यवस्था गर्न सकार समक्ष जोडदार माग गर्नु भएको छ ।

ज्यान जोखिममा राख्दै सेवा प्रवाह गरीररहेका व्यापारी व्यवासायीहरुलाई महत्व दिदै अविलम्ब कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न संघ जोडदार माग गर्दछ धनकुटा उद्योग बाणिज्य संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

होटल व्यवासयाी तथा अन्य सवै प्रकारका व्यवासायीहरुले अग्रभागममा रहेर दैनिक सेवा दिदै आईरहेकोमा अहिले दिन प्रतिदिन तिव्र रुपमा कोरोना भाईरस फैलदै गएकाले यसको ठूलो जोखिम व्यावासीहरु परिरहेकाले सवै व्यावसायीलाई सूरक्षित बनाउन कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न माग गरिएको संघका अध्यक्ष राईले उल्लेख गर्नुभएको छ ।

कोरोनाबाट आफुपनि बच्न र अरुलाई पनि बचाउन समाजिक दूरी कायम गरी अनिवार्य माक्स र स्थानिटाईजर प्रयोग गर्न समेत सवैमा संघले विज्ञप्ति मार्फत अपिल गरेको छ । धनकुटा जिल्लाम अहिले सम्म २ सय ६७ जना उद्योगी,व्यावसायी,व्यापारीहरु कोरोना संक्रमित भैसेको र हाल १७ जना संक्रमित व्यवसायी उपचाररत रहेको संघले जनाएको छ । कोरोना संक्रमणका करण अन्य ११ जना व्यावसायीको निधन भैसेको संघका अध्यक्ष राईले वताउनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।