धनकुटामा आज थप १६ मा संक्रमण पुष्टि,२० संक्रमणमुक्त
श्रावण १९,धनकुटा । आज धनकुटामा १६ जनामा कोरोना संक्रमित थपिएका छन् ।
२० जना निको भएका छन् । यो सँगै जिल्ला कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २ हजार ३ सय ९८ पुगेको छ भने निको हुनेको संख्या २ हजार १ सय ९५ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक छ ।
हाल जिल्लामा १७५ जना सक्रिय संक्रमित रहेको रहेका छन् । ती मध्ये १४२ जना होम आईशोलेसनमा, २० जना संस्थागत आईशोलेसनमा र १३ जना अस्पतालमा उपचाररत रहेको केन्द्रले उल्लेख गरेको छ ।


