धनकुटामा सत्ता पक्षिय दलहरुको पहलमा जनसेवाको कार्य शुरु

धनकुटा,१९ साउन । धनकुटामा क्रियाशिल सत्तापक्षिय लोकतान्त्रिक गठबन्धन दलहरुको आज सम्पन्न बैठकले धनकुटाका सवै जनताहरुलाई खोरोना विरुद्धको खोप दिन र धनकुटा अस्पताललाई साधन स्रोत सम्पन्न बनाई बिशेषज्ञ सेवा प्रदान गर्नका लागी सरकारसंग बिशेष पहल गर्ने लगायतका विभिन्न निर्णयहरु गदै पहल शुरु गरेको छ ।

धनकुटा जिल्लामा स्वास्थ्य खानेपानीको चर्को समस्या भैरहेको अवस्थामा धनकुटामा क्रियाशिल सत्ता पक्षिय गठबन्धन दलहरुको आज भएको बैठकले धनकुटा जिल्लाका सवै जनताहरुलाई कोरोना विरुद्धको खोप लगाउनका लागी र धनकुटा अस्पतालबाट भैरहेको सेवालाई एक सय वेडमा विस्तार गरी थप साधन स्रोत बनाई विशेषज्ञ सेवा प्रदान गर्नका लागी नेपाल सकार समक्ष विशेष पहल गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गदै आजै देखी पहल शुरु गरेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका निर्वतमान सभापती संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठको अध्यक्षतमा भएको सत्तापक्षिय गठबन्धन दलको बैठकले धनकुटाको वेलहारामा एयर पोर्ट निर्माण लागी शुरु गर्न र धनकुटा जिल्लाका सवै पालिकाहरुमा १५ वेड सम्मको अस्पताल निर्माण गरी चिकित्सक सहितको सेवा शुरु गर्न र धनकुटामा भएको यातायत कार्यालयलाई अधिकार सम्पन्न बनाई पूर्वी पहाडी जिल्लाहरुका लागी सेवा उपलब्ध गराउनका लागी नेपाल सरकारसमक्ष विशेष पहल गर्ने निर्णय भएको छ ।

धनकुटामा स्थानीय तहहरुले गरिरहेको अनियमित लगायतको जनविरोधी कार्यको भण्डारफोर गर्ने , सवै तहहरुमा अनुगमन गर्ने र धनकुटा जिल्ला स्थित सरकारी कार्यालयबाट भैरहेको सेवा प्रवाहमा सहजीकरण गर्ने र अनुगमन गर्ने लगायत विभिन्न निर्णयहरु गर्दै धनकुटामा क्रियाशिल सत्तपक्षिय गठबन्धन दलको बैठकले उक्त कार्य आजै देखी शुरु गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

धनकुटामा क्रियाशिल सत्ता पक्षिय गठबन्धन दलहरुको उक्त बैठमा नेपाली कांग्रेसका केन्द्रिय आमिन्त्रत सदस्य संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना,जसपा धनकुटाका अध्यक्ष बल वहादुर राई,नेकपा एमाले माधव समुहका नेता राज कुमार तेयुङ्ग,राष्टिय जनमोर्चा धनकुटाका अध्यक्ष कोपिाल शंकर,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,जसपा धनकुटाका नेता नारायण जुन राई लगायतका नेताहरुले सकारी कार्यालय तथा सवै सकारी संयन्त्रहरुले जनताले देखिने र थापा पाउने किसिका काम अभिलम्ब शुरु गर्नु पर्ने वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।