विद्यालयमा शुद्द पिउने पानीको व्यवस्थापनका लागि ट्यॉंकी सहित बालमैत्री पिउने पानीको धारा जडान

धनकुटा,साउन १९ । धनकुटाको धनकुटा नगरपालिका वडा नं १ स्थित रहेको हिले उच्च माध्यमिक विद्यालयमा शुद्द पिउने पानीको व्यवस्थापनका लागि ट्यॉंकी सहित बालमैत्रि पिउने पानीको धारा जडान गरिएको छ । जुन चियाँबरी गार्डेनको सहयोग मा बालमैत्रि धारा सहित सुद्ध पिउने पानीको टंकी जडान गरिएको हो ।

२ थान रबर र स्टिलको टंकी बाट सुद्ध पिउने पानीको व्यवस्था गरेर बाल मैत्रि सहितको ८ वटा धारा जडान गरिदिएको जुन चियाँ बारी गाड्रेनका सञ्चालक बचन ज्ञवालीले बताउनुभयो ।

त्यस्तै जिल्लाको अनय विद्यालयहरु चुलाचुली , भाषा , पाख्रिबास जाल्पा देवि र हिले उच्च माध्यमिक विद्यालय गरी जम्मा ४ वटा विद्यालयलाई बालमैत्रि सहित टंकी स्मार्ट पानी कम्पनी काठमाण्डौको प्राबिधिक सहयोगमा जडान कार्य भइरहेको जुन चियाँ बारी गाड्रेनका कर्मचारी राजेश कट्टुवाले जानकारी दिनुभयो ।

मंगलबार एक कार्यक्रका बिच हिले उच्च माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा मेयर चिन्तन तामाङ, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लालचन गोङवा तामाङ , धनकुटा नगरवालिका वडा नं १ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पदनी सदस्य निरन तामाङ र स्मार्ट पीउने पानीका प्राबिधिकहरुको उपस्थितिमा धारा तथा टंकी जडान र हस्तान्तर कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालयमा धारा तथा टंकी जडान पछि विद्यार्थीलाई एउटै ठाउमा भिडभाड र पालो कुरेर पानी पिउनु पर्ने समस्याको समाधान हुनुका सथै बालमैत्रि धार पनि जडान गरिएकाले साना बालबालीकाहरुलाई पनी सहज भएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद आचार्यले बताउनु भयो ।

त्यस्तै गरी पानीको समस्यामा कारण हुने स्वास्थ्य सम्बन्धि समस्या समाधान भई पठपाठनमा विद्यार्थीलाई सहयोग पुग्ने प्रधानाध्यापक आचार्यको भनाई छ । हाल हिले उच्च माध्यमिब विध्द्यालयमा कक्षा १२ सम्म ९ सय ३५ र क्याम्पसमा सय भन्दा माथि विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।