छथरका जोरपाटीका किसानलाई ५० बाख्रा र उन्नत बोका बितरण

नारायण कुमार राई/धनकुटा २० साउन । छथर जोरपाटी गाउँपालिका धनकुटाले किसानहरुलाई ५० वटा उन्नत जातको बाख्रा तिरण गरेको छ ।

पालिकाले गत आर्थिक बर्ष २०७७-०७८ को असारमा वडा नं. ५ को शिर्जनसिल बाख्रा पालन समुहका २५ जना किसानहरुलाई बाख्राको पाठापाठी र बीउ बोका उपलब्ध गराईएको हो ।

पालिकाले साना तथा मझौला किसान लक्षित बाख्रा पकेट कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा बाख्रा अनुदानमा दिएको हो ।

पालिकाले २ लाख ८३ हजार ४ सय बराबरको बाख्राको पाठापाठी र २ लाख ५० हजार बराबरको एक उन्नत जातको बोका दिएको छ ।

उक्त अनुदान पालिकाले जारी गरेको ३५ दिने सूचनाका अवधिमा परेका निवेदनहरु मध्येबाट छनौट गरेर अनुदान दिईएको पशुपन्छी शाखाका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो ।

‘कृषि तथा पशुपन्छी बिकास मन्त्रालयबाट आ.ब.०७७/०७८ मा प्रदेश तथा स्थानिय तहमा सशर्त बित्तीय हस्तान्तरण मार्फत पठाईएका कार्यक्रमहरुको प्राविधिक कार्य सन्चालन प्रक्रिया,रिपोर्टिङ्ग तथा तथ्यांङ्क ब्यबस्थापन सम्बन्धि मार्गदर्शनमा आधारित कार्यबिधि अनुसार छनौटमा परेका समुहहरुलाई अनुदान उपलब्ध गराईएको राईले जानकारी दिनुभयोे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।