धनकुटामा पु:न थपियो निशेधाज्ञा

धनकुटा। आज बसेको जिल्ला कोभिड ब्यवस्थापन समिति धनकुटाको बैठकले साउन ३२ गते राती १२ बजेसम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञा समय थप गरेको छ ।

यस अघि आज राती १२ बजे सम्म लाई मात्र लागु गरिएको निषेधाज्ञालाई थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

खाद्यन्न,तरकारी, फलफूलका पसलहरु खोल्न कुनै समय सीमा तोकिएको छैन । त्यसैगरि पुस्तक तथा पत्रपत्रिका पसलहरु पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरि सन्चालन गर्न पाइने छ ।

बैंक तथा वितिय संस्थाहरु नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सेवा प्रदान गर्ने साथै २४ घण्टा एटीएम सेवाहरु खुल्ला रहनेछन् ।

विद्यालय, हाटबजार, सिनेमाहल लगायतका भिडभाड हुने अन्य संघ संस्थाहरु भने बन्द रहने छन् । खुला रहने स्थानहरु समेत संचालन गर्दा पूर्ण रुपमा स्वाथ्य मापदण्डको पालना भने अनिवार्य गर्नु पर्ने छ ।

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खु,राष्ट्रिय परिक्षा बोर्ड,बुढानिलकण्ठ स्कुलबाट छात्रबृति छनौट परिक्षा,CTEVT द्वारा सन्चालित परिक्षा र लोकसेवा आयोगद्वारा सन्चालित परिक्षाहरु नेपाल सरकारले तोकेका कोभिड सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालना गरि सन्चालन गर्न पाइने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।