कोरोना पुष्टि भई उपचार गराईरहेका पार्टीका दर्जनौ युवा नेताहरुको स्वास्थ्य स्थितीको वारेमा राईले लिए जानकारी
श्रावण २०,धनकुटा । कोरोना पुष्टि भई उपचार गराईरहेका पार्टीका दर्जनौ युवा नेताहरुको स्वास्थ्य स्थितीको वारेमा आज नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी लिनुभएको छ ।

होम आईशोलेसन,धनकुटाका कोभिड अस्पताल र आईशोलेसन सेन्टरमै पुगेर राईले उनिहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिनुभएको हो ।
धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा कांग्रेस जिल्ला सदस्य यूवा नेता रुकमान तामाङ्ग कोरोना संक्रमित भई होमआईशोलेसनमा उपचार गराईरहनु भएको र नेपाली कांग्रेस सहिदभूमी गाउपालिकाका यूवा नेता दलित संघका क्षेत्रिय अध्यक्ष धन वहादुर परियार,पाख्रीवासका सरिता गुरुङ्ग लगायतका क्रियाशिल सदस्य तथा नेताहरु धनकुटा कोभिड अस्पताल र आईशोलेसनमा उपचार गाईरहेका छन् ।
सचिव राईले होम आईशोलेसन,धनकुटा कोभिड अस्पताल तथा धनकुटा आईशोलेसन सेन्टरमा उपचारत दर्जनौ कांग्रेस यूवा नेताहरुलाई भेटेर उनिहरुको स्वास्थ्य स्थितिको वारेमा धनकुटा अस्पालका प्रमुख डा पुजन विश्वकर्मा संग जानकारी लिनु भएको थियो । उहाँले कोरोना संक्रमित विरामीहरुको उपचारमा सहजीकरण गर्दै उपचारमा सहयोग गर्ने समेत वताउनु भयो ।

हाल धनकुटा आईशोलेसन सेन्टर र कोभिड अस्पतालमा २४ जना संक्रमित उपचाररत रहेको राईले वताउनुभयो । यता अहिले नेपाली कांग्रेसका जिल्ला सदस्यहरु विष्णु पौडेल,रुकमान तामाङ्ग,सुमना तिम्सिना,खगेन्द्र घिमिरे,शान्ति खड्का, पूर्व जिल्ला कार्य समितिका सहसचिव राजन पौडेल लगायत २३ जना नेता कोरोना संक्रमित भई उपचार गराइरहेको नेपाली कांग्रेस धनकुटकाले जनाएको छ ।


