धनकुटामा आज थप ५९ जनामा संक्रमण पुष्टि,४३ संक्रमणमुक्त
धनकुटा,२१ साउन । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २सय २ रहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो । जस अनुसार आज ५९जनामा संक्रमण पुष्टि भएको छ भने आज ४३जना कोरोना संक्रमण मुतm भएको जनाईएको छ ।
१ सय ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ११ जना संस्थागत आइसोलेसनमा र ९जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठ द्धारा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।
साथै यसै जिल्लामा संक्रमित भई यसै जिल्लामा मृ त्यु हुनेको संख्या १२रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृ त्यु हुनेको संख्या १७ रहेको जनाइएको छ ।
यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यु हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।



