बिहीबार तीन जार ९३८ मा सङ्क्रमण
काठमाडौँ, कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १८ हजार ४०८ जनामा परीक्षण गर्दा तीन हजार ९३८ जनामा सङ्क्रमण देखिएको हो । हिजो (बुधबार) चार हजार १०७ जनामा देखिएको थियो ।
उपत्यकामा एक जार ७५
काठमाडौँ उपत्यकामा एक हजार ७५ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ७६६, भक्तपुर १४६ र ललितपुरमा १६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै सङ्क्रमणबाट निको हुनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार १२ जना छ । अहिलेसम्म यो सङ्क्रमणबाट निको हुने छ लाख ६३ हजार ६६३ पुगेका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।
यस्तै विगत २४ घण्टामा ३७ जनाको यही सङ्क्रमणका कारण निधन भएको छ । अहिलेसम्म नौ हजार ९९४ जना निको भएको बताइएको छ । सक्रिय सङ्क्रमित ३४ हजार ४२२ जना रहेका छन् भने ३१ हजार १०८ जना होम आइसोलेशन, तीन हजार ३१४ जना संस्थागत आइसोलेशन र ३७५ जना क्वारेन्टिनमा रहेका छन् ।
मन्त्रालयका अनुसार ७१३ जना सघन उपचार कक्ष र १५८ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै विगत २४ घण्टामा एक लाख १७ हजार ७७९ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा खोप ४३ लाख ५९ हजार २७७ जनाले र पूर्ण मात्रा खोप २१ लाख ३० हजार ९०० ले लगाएका छन् ।


