किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन माग

काठमाडौँ, चीनसँग सीमानाका जोडिएको सङ्खुवासभाको किमाथाङ्का मार्फत कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग गरिएको छ ।

नेपाली कांग्रेसका नेता दीपक खड्काका नेतृत्वमा गएको सङ्खुवासभावासी प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटगरी चाँडो कोरोना खोपको सुनिश्चितता प्रदान गर्न आग्रह गरेका हो ।

“सङ्खुवासभाका सबै स्थानीय तहका जनताले कोरोना खोप प्राप्त गर्नुपर्छ, किमाथाङ्काबाट कोरोना खोप ल्याउन लाग्ने हेलिकोप्टर ढुवानी म आफू बेहोर्छु”, उहाँले भन्नुभयो ।

नेता खड्काले दुवै चरणको खोप लगाएका जनतालाई निर्वाधरूपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न, कोरोनाको बहाना देखाएर बन्द रहेका सबै सरकारी कार्यालयका कर्मचारीलाई खोप प्रदान गरेर सञ्चालन गर्न र दुवैमात्रा खोप लगाएका पर्यटकलाई निर्वाधरूपमा मुलुकमा घुम्ने वातावरण निर्माण गर्न आग्रहसमेत गर्नुभयो ।

सो अवसरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकार तेस्रो चरणको कोरोना महामारीका बारेमा सचेत रहेको र यसका लागि आवश्यक गृहकार्य थालिसकेको जानकारी दिनुभयो । उहाँले पाँच करोड २२ लाख डोज खोप सुनिश्चित गरेको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖