जिल्लाका सम्पूर्ण जनतालाई कोरोना भाईरस विरुद्धको खोप लगाउन स्वास्थ्य राज्य मन्त्री समक्ष माग

श्रावण २२,धनकुटा । धनकुटाका सत्ता पक्षिय लोकतान्त्रिक गठबन्धन दलहरुले जिल्लाका सम्पूर्ण जनतालाई कोरोना भाईरस विरुद्धको खोप लगाउन स्वास्थ्य राज्य मन्त्री समक्ष माग गरेका छन् ।

आज धनकुटामा बसेको संयुक्त राजनीतिक दल सम्मिलित गठवन्धनको बैठकले खोप माग गर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रण गर्ने एक मात्र विकल्प खोप भएकाले धनकुटा जिल्लाका सवै जनताका लागि कोरोना विरुद्धको १ लाख ५० हजार खोप तत्काल जिल्लामा उपलब्ध गराउन, धनकुटा अस्पताल र सवै पालिकाहरुमा रहेको अस्पतालहरुमा तत्काल चिकित्सकरुको व्यवस्था गरी साधन स्रोत सम्पन्न बनाई प्रभावकारी सेवा प्रदान गर्न गठबन्धनले स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठ समक्ष माग गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

संविधान सभा सदस्य तथा नेपाली कांग्रेस धनकुटका नेता मनोहर नारायण श्रेष्ठको अध्यक्षतमा सम्पन्न सत्ता पक्षिय गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना,जसपा धनकुटाका अध्यक्ष बल वहादुर राई,उपाध्यक्ष विकास घिमिरे,नेकपा एमाले माधव समुह धनकुटका सविच खगेन्द्र सुवेदी,नेकपा माओवादी केन्द्र्र धनकुटका सचिवालय सदस्य इन्द्र विष्ट,नेपाली कांग्रेस धनकुटाका महासमिति सदस्य मिन वहादुर कार्की,जसपाका नारायणजुन राई लगायतले सत्ता परिवर्तनको अनुभूती जनताले पाउनु पर्नेमा जोड दिए।

यसैवीच गठबन्धनको मागलाई स्वास्थ्य मन्त्री श्रेष्ठले उच्च पाथमिक्ता दिएको, धनकुटका सवै जनतालाई खोप दिन र सवै स्वास्थ्य संस्थाहरुलाई शिषेज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्न व्यवस्था गर्ने आश्वासन दिनु भएको गठवन्धनले जनाएको छ ।

साथै बैठकले सात वटै पालिका र ६० वटै वडाहरुमा सत्ता पक्षिय लोकतान्त्रिक गठबन्धनको संयन्त्र गठन गरी व्यापक परिचालन गर्ने जसका लागि गठबन्धनले सवै पालिका र वडाहरुमा जिल्ला स्तरीय प्रतिनिधिहरु पठाएको, प्रतिनिधिहरुले साउन मसान्त सम्ममा पालिका तथा वडाहरुमा भेला गरी जिल्ला स्तरिय संयन्त्रले निर्णय गरेको १३ बुदे निर्देशन पूरा गर्ने र दिएको सवै जिम्मेवारी पुरा गरी जिल्लामा प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय समेत गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।