धनकुटामा आज शून्य संक्रमण,सक्रिय संक्रमितको संख्या १ सय ९४
धनकुटा । धनकुटामा आज कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ९४ मा झरेको छ ।
यसअघि हिजो २०८ जना रहेको सक्रिय संक्रमित संख्या आज १४ जना निको भए सँगै १ सय ९४ मा झरेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक छ ।
यो सँगै जिल्लामा कोरोनालाई जित्नेको जम्मा संख्या २ हजार ३ सय ४ जना पुगेको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो २ बजे सार्वजनिक गरेको विवरण अनुसार आज जिल्लामा संक्रमित थपिएका छैनन् ।
हाल जिल्लामा १ सय ७३ जना होम आइसोलेसनमा १३ जना संस्थागत आइसोलेसनमा र ८ जना अस्पतालमा उपचाररत छन् । धनकुटामै कोरोना संक्रमण पुष्टि भई उपचारको क्रममा जिल्लामै र बाह्य जिल्लामा मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
धनकुटा स्थायि ठेगाना भएका तर अन्य जिल्लामा संक्रमण पुष्टि भई उपचारकै क्रममा मृ त्यु हुनेको संख्या १० जना पुगेको प्रशासनले जनाएको छ ।



