त्रिशूली वाङ्मय प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

काठमाडौँ, नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि आरएम डङ्गोलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिष्ठानका उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिवमा श्यामराज पाठक, सचिवमा राजेन्द्र घिमिरे सागर र कोषाध्यक्षमा लक्ष्मी रूम्बा सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबार भएको सभाले सदस्यमा कृष्णकिसु न्यौपाने, पुरू लम्साल, सन्तोषी अधिकारी, भैरवी भूगोल, वैरागी जेठा, उत्तमविचार भेटुवाल, पुरू विमल, जया ओझा, प्रभाती किरण र जीतेन्द्रसिंह ठकुरीलाई चुनेको छ ।

विसं २०६६ मा स्थापित सो संस्थाले शारदीय कविगोष्ठी, साहित्यिक पर्यटन यात्रा आयोजना गर्नाका साथै ‘त्रिशूली त्रिवेणी’ साहित्यिक पत्रिकालगायत कृति प्रकाशन गर्दै आइरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖