पूर्वाग्रह छैन, अर्थतन्त्रको वास्तविक तस्बिर छ,अघिल्लो सरकारले गरेको कामलाई समेत यथार्थपत्रमा प्रस्तुत गरेको स्पष्ट

काठमाडौँ,अर्थमन्त्री जनार्दन शर्माले कोही कसैलाई आक्षेप लगाउने र पूर्वाग्रह राखेर आफूले यथार्थपत्र नल्याएको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राखेका जिज्ञासाको जवाफमा अर्थमन्त्री शर्माले भन्नुभयो, “यो आग्रह पूर्वाग्रह र आक्षेप लगाउने विषय होइन, मुुलुकको अर्थतन्त्रको वास्तविक तस्विर पेश गरिएको छ ।” आफूले जस्ताको तस्तै तथ्य प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले अघिल्लो सरकारले गरेको कामलाई समेत यथार्थपत्रमा प्रस्तुत गरेको स्पष्ट पार्नुभयो ।

कोरोनाविरुद्धको खोप अहिलेसम्म के कति आयो र कतिले लगाए भन्ने तथ्याङ्क यथार्थपत्रमा राखिएको मन्त्री शर्माको भनाइ थियो । “तथ्याङ्क बङ्ग्याउने काम भएको छैन”, उहाँले भन्नुभयो, “यो प्रतिशोधपत्र होइन, देशको ऐना हो ।” कोरिया जानबाट वञ्चित युवाका विषयमा सम्बन्धित पक्षसित आवश्यक छलफल भइरहेको मन्त्री शर्माले बताउनुभयो । उक्त विषयमा कोरियाली राजदूतसित समेत छलफल भएको उहाँले स्पष्ट पार्नुभयो ।

सरकारले कोरोनाको तेस्रो लहर आउनेतर्फ सचेतता अपनाएको स्पष्ट पार्दै मन्त्री शर्माले त्यसका लागि १९ अर्ब बजेट छुट्टयाइएको जानकारी दिनुभयो । उहाँले कोरोना प्रभावितका लागि छिट्टै आर्थिक प्याकेज ल्याउने तयारीमा सरकार रहेको उल्लेख गर्नुभयो । सरकार आयात कम गर्न उत्पादन केन्द्रित अभियान सञ्चालन गर्ने तयारीमा रहेको मन्त्री शर्माले सुनाउनुभयो ।

यसअघि सांसदहरु महेश बस्नेत, खगराज अधिकारी, प्रेम सुवाल, राजेन्द्रकुमार केसी, पदम गिरी, गजेन्द्रबहादुर महत, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, मनकुमारी जिसी, पार्वता डिसी चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश रसाइली स्नेही, अमनलाल मोदी, लक्ष्मी परियार, मीनबहादुर विश्वकर्मा, मोहन पाण्डे र लालबहादुर थापाले यथार्थपत्रका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।