मातृकाप्रसाद यादव प्रयोग गरेको शव्द अमर्यादित भएको भन्दै हटाउन निर्देशन

काठमाडौँ,प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा एक सांसदले प्रयोग गर्नुभएका ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द संसद् सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको बैठकमा एक सांसदले अर्का सांसदलाई अमर्यादित र असंसदीय शब्द बोलेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको थियो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद मातृकाप्रसाद यादवले सांसदलाई इङ्गित गर्दै ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रयोग गर्नुभएको थियो ।

उहाँले बोल्ने बित्तिकै प्रमुख सचेतक भट्टराईले बिहबिारको बैठकमा पनि नियमापत्ति गर्दै उक्त शब्दावली संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएकामा सभामुख सापकोटाले ध्यानाकर्षण भएको जनाउनुभएको थियो ।

प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले आसनग्रहण नगरी उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले प्रमुख सचेतक भट्टराईलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराउनुभएको थियो ।

उहाँको भनाइपछि सभामुख सापकोटाले भन्नुभयो, “नेकपा (माओवादी केन्द्र) का सांसद मातृकाप्रसाद यादवले बिहीबार बोल्ने क्रममा प्रयोग गर्नुभएको ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रतिनिभिसभा नियमावलीको नियम २१ को खण्ड (ङ) को प्रतिकूल हुने भएकाले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖