नेपालमा थप तीन हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण

काठमाडौँ, पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पीसीआर परीक्षणमा दुई हजार ७६३ र छ हजार ८७४ एन्टिजेन परीक्षणमा एक हजार १५२ जना गरी कूल तीन हजार ९१५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख २८ हजार ५३२ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७४ हजार ३४ रहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप दुई हजार ११८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ७९ हजार ४९५ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ३५ हजार ५१८ होम आइसोलेसन, तीन हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसैगरी ७३६ जना आइसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७९८ जना छन् ।

थप २७ को मृ,त्यु

नेपालमा कोरोना सङ्क्रमणबाट थप २७ जनाको मृ,त्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृ,त्यु हुनेको सङ्ख्या दश हजार २३९ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृ,त्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖