राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई टेलिस्कोपसहित पुरस्कार प्रदान

काठमाडौँ, ३० साउन ,विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई टेलिस्कोपसहित पुरस्कार प्रदान गरिएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०१९ मा आयोजना गरेको ‘चन्द्रमा ताराहरुको द्वार’ विषयक चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल क्याम्पियन स्कुल लगनखेलकी सुएन भट्टराईले टेलिस्कोप प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा द्वितीय द सेलिब्रेसन कोएड स्कुल, जोरपाटीका अमन बस्नेतले प्रमाणपत्र एवं पदक तथा पञ्चकन्या माध्यमिक विद्यालय छाउनीकी सरिता रम्तेलले प्रमाणपत्र एवं उपहार प्राप्त गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

त्यसैगरी सन् २०२० मा ‘भूउपग्रहले जीवन सहज बनाउँछ’ विषयमा सञ्चालित चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा प्रथम किड्स लर्निङ् स्कुल, कुमारीस्थानकी रिना चौधरीले टेलिस्कोप, पदक एवं प्रमाणपत्र तथा द्वितीय हुन सफल बूढानीलकण्ठ स्कुल, बूढानीलकण्ठकी नीति पछाइले प्रमाणपत्र एवं पदक प्राप्त गरेकी छिन् ।

सन् २०२० मा सञ्चालित राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकलाका विजयी ट्रिनिटी कलेज डिल्लीबजारका रोहन भट्टराईले नगद रु पाँच हजार, पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कार वितरण कार्यक्रममा उपस्थित हुन असमर्थ विजेताले कार्यालयमा सम्पर्क गरी पुरस्कार लिन सक्ने सोसाइटीले जनाएको छ ।

राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि टेलिस्कोप प्रायोजन गर्नुहुने मेक इञ्जिनियरिङका अर्केत महर्जनले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभालाई उजागर गर्न टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा पञ्चकन्या माध्यमिक विद्यालय, छाउनीकी प्रधानाध्यापक श्रीमती रुपा मानन्धर, द सेलिब्रेसन कोएड स्कुल, जोरपाटीका उपप्रधानाध्यापक सागर दाहाल, नेपाल एष्ट्रोनोमिकल सोसाईटीको गतिविधिले विद्यालय तहका विद्यार्थी तथा शिक्षक लक्ष्यित कार्यक्रमको प्रसंशा गर्नुभयो । सो अवसरमा कार्यक्रमम संयोजक तथा सोसाइटीकी निर्देशक एवं परियोजना संयोजक मनिषा द्वाले विजयीलाई यस क्षेत्रमा क्रियाशील हुने प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

सोसाइटीले सन् २०२१ को लागि यी दुई प्रतियोगिताको आवेदन छिट्टै माग गर्न लागेको जनाइएको छ । यस वर्ष ‘अन्तरिक्ष विज्ञानमा महिलाको भूमिका’ विषयमा कार्यक्रम गरिने जानकारी दिइएको छ । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेसँगै सन् २००० देखि विश्वव्यापी रुपमा अक्टोबर ४ देखि १० वा सेरोफेरोमा मनाउन थालिएको विश्व अन्तरिक्ष सप्ताह सोसाइटीले स्थापनाकाल सन् २००७ देखि हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रियस्तरमा मनाउँदै आएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।