रेडक्रसद्वारा बा,ढी,प,हिरा पी,डितलाई साढे चार लाख सहयोग

लमजुङ, ३० साउन ,नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले यहाँका बा,ढी,प,हिरा पी,डितलाई रु साढे चार लाख आर्थिक सहयोग गरेको छ ।

सो कार्यालयले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत दोर्दी गाउँपालिका–८ स्थित हिलेबजारका २४ घरधुरी र खिन्चोकबेँसीका छ घरधुरी गरी ३० घरधुरीलाई आज उक्त रकम सहयोग गरेको हो ।

दोर्दीका अध्यक्ष ओमलाल गुरुङ, सोही वडाका वडाध्यक्ष तुलबहादुर गुरुङ, रेडक्रस गण्डकी प्रदेशका कोषाध्यक्ष नारायण घिमिरे, जिल्ला सभापति दीपक बराललगायतले प्रतिपीडित परिवार रु १५ हजारका दरले हस्तारन्तरण गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति बरालले यहाँका बाढीपहिरापीडितका लागि आवास पुनःनिर्माणमा सहयोग पुगोस् भन्ने अपेक्षाले आर्थिक सहयोग गरेको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖