हरिशंकर मिश्रलाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त

काठमाडौँ, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा मिश्रलाई आज प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

यसअघि राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम सो प्रदेशका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस..

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिकाका बालबालिकालाई सोमाबार आपत्कालीन सहयोग उपलब्ध गराइएको छ । विश्व शिक्षा, तेरी देश होम र महिला आत्मनिर्भरता केन्द्रको साझेदारी र वडा नं ८ को संयोजनमा उक्त वडाभित्रका १७ बालबालिकालाई घरघरमा पुगी सहयोग वितरण गरिएको वडाध्यक्ष ठङ्कराज गिरीले जानकारी दिनुभयो ।

कोरोनाका कारण कतिपय अभिभावकले रोजगारी गुमाउनुपरेकाले समस्यामा परेका बालबालिकालाई शैक्षिक तथा खाद्यान्न सहयोग गरिएको केन्द्रका अनुगमन तथा मूल्याकङ्न अधिकृत ध्रुव सापकोटाले बताउनुभयो ।

केन्द्रले गत जेठमा टोलटोलमा पुगी सर्भेक्षण गरेर पहिचान भएका बालबालिकालाई सहयोग गरिएको संस्थाका सामाजिक परिचालक सृष्टि नेपालीले जानकारी दिनुभयो । यसैगरी सोमबार नै अन्य वडाका चार बालबालिकालाई पनि उक्त सहयोग गरिएको थियोे ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।