योजनामन्त्री शर्मासँग सचिवको कार्यसम्पादन सम्झौता
कर्णाली, १ भदौ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मासँग अर्थसचिव चक्रबहादुर बुढाले कार्यसम्पादन सम्झौता गर्नुभएको छ । चालू आवको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्झौता गरिएको हो ।
सबै आ–आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध होउन् र कार्यप्रति दायित्वबोध गरुन् भन्ने उद्देश्यले सम्झौता गरिएको मन्त्री शर्माले बताउनुभयो ।
सचिव बुढाले हरेक काम बेलैमा गर्न र त्यसबाट प्राप्त परिणामलाई मापन गर्न सकियोस् भन्ने उद्देश्यले जिम्मेवार पदाधिकारीबीच कार्यसम्पादन सम्झौता गर्ने गरिएको बताउनुभयो । यसैगरी सचिव बुढादेखि तल्ला तहका अन्य कर्मचारीबीच पनि सौझौता गरिएको छ ।
यो पनि पढ्नुहोस..
पनौती नगरपालिका–९ सुनथानका चित्रबहादुर हुमागाईंले पहिलो पटक तिलेश्वर महादेव मन्दिरमा पुग्नुभयो । उहाँ तिलेश्वरको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वासले हिँडेरै मन्दिर जानुभएको हो ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ हात्तीडोलमा रहेको सो मन्दिर पछिल्लो समयमा दर्शनार्थीकोे घुइँचो बढ्न थालेको छ ।
उहाँले भन्नुभयो, “ झक्तजन टाढाटाढाबाट आउने भएकाले सहज पहुँचका काममा स्थानीय सरकारले ध्यान दिनुपर्छ ।” करिब एक वर्ष अगाडि चन्दा सङ्कलन गरी मन्दिर र सत्तल निर्माण गरिएको थियो । मोटरबाटोलाई व्यवस्थित तथा सिँढी निर्माण गर्न आवश्यक रहेको भक्तजन बताउँछन् ।
मन्दिरका पुजारी टलकबहादुर महतका अनुसार मन्दिरका बारेमा जानकारी भएको र प्रचारप्रसार हुन थालेको करिब आठ वर्ष मात्रै भएको छ ।
बेथानचोक ४ का वडाध्यक्ष लालबहादुर श्रेष्ठले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको तिलेश्वर मन्दिरको संरक्षण र प्रचारप्रसार गर्न प्राथमिता दिएको बताउनुभयो ।सुरुमा मन्दिरसम्म जानका लागि बाटो नै नभएको र पछि वडाको पहलमा मोटरबाटो निर्माण गरेपछि अहिले आवतजावतमा सजिलो भएको उहाँले बताउनुभयो ।


