पशुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित जिल्लाका सबै पशु चौपायालाई खोप

कास्की, ४ भदौ महामारीका कारण हुने आर्थिक क्षति र खाद्य सुरक्षामा पर्ने असर न्यूनीकरण गरी पशुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित जिल्लाका सबै पशु चौपायालाई खोप दिइने भएको छ ।

‘स्वस्थ पशु, समृद्ध किसान, पूर्ण खोप अभियान’को लक्ष्यसहित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षाका लागि गाई, भैँसी, बाख्रा, बङ्गुर र भेडामा यस वर्ष पूर्ण खोप कार्यक्रम सञ्चालनको योजना बनाएको छ ।

गत वर्ष माछापुच्छ«े र रुपा गाउँपालिकामा पुशमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिएकामा यस वर्ष पोखरा महानगरपालिका, मादी र अन्नपूर्णमा पूर्ण खोप कार्यक्रम सञ्चालनको कार्यक्रम अघि बढाइएको भेटेरेनरी अस्पतालका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले बताउनुभयो ।

उहाँका अनुसार यसअघि पूर्ण खोप पालिका घोषणा भएका माछापुच्छ«े र रुपामा समेत थप भएका पशुमा पुनः खोप दिइनेछ । खोप कार्यक्रममा महामारी रोगविरूद्ध भैँसीलाई खोरेत र एचएसविक्यू, भेडाबाख्रामा पिपिआर र खोरेत, बङ्गुरलाई हैजा र कुकुरलाई रेविजविरुद्धको खोप दिइने छ ।

“महामारीजन्य र जुनोटिक (मानव र पशुपक्षीबीच एकापसमा सर्ने) रोग नियन्त्रण गरी रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा गर्न पशुमा खोप लगाउनु महत्वपूर्ण छ”, प्रमुख डा शर्माले भन्नुभयो, “सबैको सहयोगबाट कास्कीलाई नै पशुमा पूर्ण पशु खोपयुक्त जिल्ला बनाउने योजनामा छौँ ।”

खोप अभियान सञ्चालका लागि सुरुआतमा पशु तथ्याङ्क सङ्कलन, खोपको महत्वका बारेमा प्रचारप्रसार, खोप खरिद तथा भण्डार र खोपकर्ता छनोट गरी अभिमुखीकरणपछि खोप कार्यक्रम सुरु हुनेछ । यसैगरी खोप लगाउँदा गाई, भैँसी र बङ्गुरलाई कृषकका सम्बन्धित गोठ र फार्ममा नै पुगेर लगाइने तथा भेडा, बाख्रा र कुकुरका लागि निश्चित स्थान तोकिने कार्ययोजना छ ।

खोप कार्यक्रम सम्पन्न भएपछि पशुको शरीरमा विकास भएको प्रतिरोधात्मक क्षमता परीक्षण गर्दा तोकिएको मापदण्डअनुसार भएमा पूर्ण खोपयुक्त घोषणा गरिने कार्यालयले जनाएको छ । पशुबाट मान्छे र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार तथा नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि समेत खोप कार्यक्रम प्रभावकारी बन्ने विश्वास लिइएको छ ।

भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रायलका सचिव सवनम शिवाकोटीले तीन वर्षभित्रमा प्रदेशका ८५ वटै स्थानीय तहमा पशुको पूर्ण खोप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार मानव स्वास्थ्य, पशु अधिकार र समृद्धिका लागिसमेत खोप महत्वपूर्ण रहेको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।