सभामुखको कार्यकक्षमा नेकपा(एमाले)का सांसदहरुले देखाएको व्यवहारको निन्दा

काठमाडौँ, ७ भदौ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) लगायतका दलले सभामुख अग्निप्रसाद सापकोटमाथि नेकपा(एमाले)का सांसदहरुले यही भदौ ३ र ४ गते उहाँको कार्यकक्षमा देखाएको व्यवहारको निन्दा गरेका छन् ।

ती दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले सभामुखलाई लक्षित गरी दिएको संसदीय मर्यादाविपरीत बल प्रयोग जस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिकरुपमा सञ्चारमाध्यमममा दिनुभएको धम्कीमूलक अभिव्यक्तिप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनाका साथै सङ्घीय संसद्को संरक्षक पनि भएको जनाउँदै संयुक्त विज्ञप्तिमा सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्ति वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्धका हुन् भनिएको छ ।

संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदको दायित्व रहेको उल्लेख गर्दै विज्ञप्तिमा सभामुखविरुद्ध दिइएको धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न आग्रह गरिएको छ ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा काँग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, जनता समाजवादीका सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ हुनुहुन्छ ।

आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई कारवाही नगरेको भन्दै एमालेका सांसद यही भदौ ३ र ४ गते सभामुखको कार्यकक्षमा धर्ना बसेका थिए ।

सो क्रममा सभामुखले अरु दलका सांसदलाई तत्काल कारवाही गरेको भए पनि एमालेकालाई जोगाएको भन्दै आपत्ति जनाइएको थियो । सोही क्रममा केही सांसदले अर्मादित व्यवहार गरेको सभामुखको सचिवालयले जनाएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।