मन्त्री बराल;आार्थिक क्रान्तिका लागि युवाको भूमिका महत्वपूर्ण

गण्डकी, ९ भदौ ।गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि युवा सङ्गठित हुनुपर्ने बताउनुभएको छ।

योङ कम्युनिष्ट लिग (वाइसिएल) पोखरा– २२ को भेलामा उहाँले उत्पादनसँग युवालाई जोडिनुपर्ने आवश्यकता आंैल्याउनुभयो । “अबका युवा सामूहिक उद्योग तथा व्यवसायसँगै उत्पादनमा जोडिनुपर्छ, मुलुक उत्पादनमा आत्मनिर्भर नभइ आर्थिक विकास सम्भव हुँदैन”, उहाँले भन्नुभयो, “युवाले व्यक्तिगत नभइ समाज र राष्ट्रको हितमा काम गर्नुपर्दछ ।”

वाइसिएलका केन्द्रिय सचिव विनय थापाले यही भदौ १२ र १३ गते काठमाडौँमा भर्चुअल माध्यमबाट वाइसिएलको भेला हुन गहिरहेको जानकारी दिँदै कोभिड– १९ का कारण धेरै भिडभाड र जम्काभेट गर्न नसकिएको बताउनुभयो ।

पोखरा–२२ वाइसिएलका अध्यक्ष हेमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माआवादी केन्द्र पोखरा–२२ का इन्चार्ज त्रिभुवन पौडेल, पार्टी अध्यक्ष चण्डीकाप्रसाद बराललगायतले मुलुकको निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖