वालमन्दिर टोल बस्ति संगठनको अध्यक्षतामा शिवनाथ राई
धनकुटा । धनकुटा नगरपालिका वडा न ५ मा रहेको वालमन्दिर टोल बस्ति संगठनको अध्यक्षतामा शिवनाथ राई चयन हुनुभएको छ । आज भएको सातौ साधारण सभा बाट राई अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको निर्वाचन समितीका संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
संगठनको उपाध्यक्षमा पृथुुराम राई सचिवमा विकास घिमिरे, कोषध्यक्षमा रोजी प्रधान विजयी हुनुभएको छ । आजै भएको सातौ साधारण सभामाको उत्घाटन सत्रमा बोल्नुहुदै कार्यक्रकी प्रमुख अतिथी धनकुटा नगरपालिकाकी वडा सदस्य सिता प्रधानले विकास निर्माणमा टोली बस्तीले खेल्ने भूमिकाको चर्चा गर्दै टोलको विकास गर्न सबैले आफ्नो आफ्नो स्थान बाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रमा शुभकामना मन्तव्य राख्दै टोलबस्ति संगठनका सल्लाहाकार इन्द्रबहादुर श्रेष्ठले टोलको विकास गर्न टोल बस्तिका सबै सदस्यहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रको उत्घाटन सत्रमा कोषाध्क्ष रोजी प्रधानने आर्थिक प्रतिवेदन र सचिव विकास घिमिरेले संगठानिक प्रतिवेदन प्रस्तसत गर्नु भएको थियो । कार्यक्रको सभापतीत्व संगठनका अध्यक्ष सुजनभाई जोशीले गर्नु भएको थियो ।


