सरकारको आयु एमसिसीमा निर्भर
उनलाई संसद्बाट एमसिसी पारित गर्न दबाब परेको छ। यही कारण उनी सरकारलाई दाउमा राखेर भए पनि एमसिसी पारित गर्ने पक्षमा देखिएका छन्। तर पाँचदलीय गठबन्धनभित्र एमसिसी संशोधन गरेर मात्र पारित गर्नेबाहेक अन्य कुरामा सहमति हुन सकेको छैन। एमसिसी सम्झौताअन्तर्गत मिलेनियम च्यालेन्ज एक्ट २००३ मा बहुलवाद मान्नुपर्ने उल्लेख छ। ‘वर्गसंघर्ष मान्ने कम्युनिस्टले त्यसलाई मान्दैन’, माओवादी केन्द्रका एक नेताले भने।संविधानले बहुलवादलाई स्वीकार गरेको छ। एमसिसी संसद्बाट पारित गरेपछि कानुन बन्ने हुँदा नेपालको कानुनभन्दा एमसिसी माथि भएको रहेछ भने संविधानले काम गर्न सक्दैन भन्ने डर माओवादी केन्द्रलाई छ। संविधानमा रहेको बहुलवाद त संशोधन गर्न सकिन्छ तर एमसिसीको बहुलवाद हटाउन त्यति सजिलो हुँदैन भन्ने माओवादी केन्द्रको भनाइ छ।
यता प्रमुख प्रतिपक्षी एमालेले एमसिसी पारित गर्न सर्त तेर्साएको छ। यो सर्तमा सरकार ढाल्ने भित्री रणनीति लुकेको स्रोतको भनाइ छ। सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने र गठबन्धन तोड्ने सर्तमा एमसिसीमा मतदान गर्न एमाले राजी भएको छ। तर सरकार ढल्ने बलियो आधार नदेखीकन एमाले एमसिसीका पक्षमा नजाने स्रोतले बतायो।एमाले अल्पमतमा परेको सरकारको पछि नलागि आफू सरकार निर्माण गर्नतर्फ लाग्नेछ। त्यसैले अब एमसिसीसँगै यो सरकारको आयु सकिने निश्चित देखिएको स्रोतको भनाइ छ। एमसिसीको कुरा सकिएपछि फेरि एमालेसँग शक्ति बाँडफाँटमा कुरा मिलेमा एक वर्षसम्म कुनै पनि पार्टीको सहकार्य हुन सग्छ। तर प्रधानमन्त्री पाएको दल कांग्रेस भने प्रधानमन्त्री नपाईकन सरकारमा जान नैतिकताले सुहाउँदैन। त्यसैले अन्य दलको सरकार बन्ने अवस्था सिर्जना हुने स्रोतको दाबी छ।संविधानको धारा ७६ ९५० बाट बनेको यो सरकार अल्पमतमा परेमा अर्को मन्त्रिपरिषद् नबनेसम्म देउवा कामचलाउ प्रधानमन्त्री हुनेछन्। अर्को प्रधानमन्त्रीको निर्वाचनमा संविधानको कुन धारा प्रयोग गर्ने हो, त्यसबारे स्पष्ट छैन। नागरिक दैनिकबाट
यो पनि पढ्नुहोस…तुलसीपुर, दाङको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा घरैपिच्छे घरबास(होमस्टे) निर्माण गरिएको छ । त्यहाँ अहिलेसम्म सात होमस्टे निर्माण गरिएको स्थानीय प्रविर पुनले बताउनुभयो । “हामीले यहाँ १० वटा होमस्टे सञ्चालनमा ल्याइसकेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म सात होमस्टे दर्ता गरेका छौँ, १० वटा होमस्टे सञ्चालन गर्ने गरी तयारी गरेका छौँ ।”
विसं २०७६ देखि त्यहाँका स्थानीयवासीले होमस्टे सञ्चालनमा ल्याएका हुन् । त्यहाँको पर्यटकीय, धार्मिक तथा एेतिहासिक महत्व अवलोकनका लागि पर्यटक आउने गरेका छन् । ती पर्यटकलाई होमस्टेको सेवा दिने गरेको स्थानीय जीवराज रेउलेले बताउनुभयो । उहाँका अनुसार होमस्टेले त्यहाँका स्थानीयवासीको आम्दानीको स्रोत पनि बढेको छ । “अहिले कोरोनाले गर्दा केही असहज भएको छ”, उहाँले भन्नुभयो, “नत्र परिवार पाल्नलाई होमस्टेले हामीलाई निकै सहज बनाएको छ ।”
होमस्टेमा जैविक खाना प्रदान गर्ने गरिएको उहाँको भनाइ छ । स्थानीय उत्पादन भएको रोटी, ढिँडो, सिस्नोको तरकारी, लोकल कुखुरा, दही, दूध, स्थानीयस्तरमा उत्पादन गरेको रक्सी, जाँड खुवाउने गरेको उहाँले बताउनुभयो । सबै जैविक उत्पादन रहेको र सोहीअनुसार पाहुनालाई खुवाउने गरिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार स्थानीय सादा खानालाई रु १२०, मासु खानालाई रु ३००, एक जनामात्रै सुतेको रु १०० लिने गरिएको छ । यो उपमहानगरपालिकाले तोकेको दर रहेको उहाँको भनाइ छ । होमस्टे उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा ल्याइएको हो । उपमहानगरपालिकाको नियमानुसार आफूहरूले होमस्टे सञ्चालनमा ल्याइरहेको उहाँले बताउनुभयो ।
साथै उपमहानगरपालिकाले प्रोत्साहनका लागि विभिन्न बाजागाजा प्रदान गरेको छ । उपमहानगरपालिकाले पुनका अनुसार बाँसुरी, खैजडी, मादल, सारङ्गी, डेग, मगर ड्रेस प्रदान गरेको छ । अहिले होमस्टेका लागि विराटनगर, पाल्पा, नवलपरासी, कैलाली, नेपालगञ्जमात्रै नभई अमेरिकाबाट समेत पर्यटक आएर होमस्ेटको आनन्द लिने गरेका छन् । एउटा होमस्टेमा आठ जनालाई राख्न सकिन्छ । होमस्टेमा बस्दा सुरक्षाको ग्यारेन्टीसमेत आफूहरुले गर्ने गरेको उहाँको भनाइ छ । अहिले होमस्टेमा प्रायः शुक्रबार र शनिबार धेरै मान्छे आउने गरेका छन् । एकपटक आइसकेका व्यक्ति पुनः होमस्टेमा आउने गरेका उहाँले बताउनुभयो ।
जिल्लाकै पर्यटकीय हिसाबले उत्तम ठाउँ छिल्लीकोट हो । किनकि त्यहाँ विश्वकै दुर्लभ वनस्पति मल्लागिरि पाइन्छ । त्यत्तिमात्रै होइन, त्यहाँ कुनै समय राजा बसेको ठाउँ पनि हो । उक्त ठाउँ भौगोलिक हिसाबले पनि एकदमै उत्तम स्थान हो । त्यहाँबाट रुकुमपूर्वको सिस्ने, रोल्पाको जलजला तथा धवलागिरि हिमालको अवलोकन गर्न सकिन्छ । त्यस्तै रुकुम, रोल्पा, सल्यान तथा दाङको भू–भागको पनि त्यहाँ अवलोकन गर्न सकिने पुनले बताउनुभयो । सडक सञ्जालका हिसाबले पनि छिल्लीकोट रोल्पाको स्वर्गद्वारीसँग जोडिएको छ ।


