निर्वाचनको एक महिनाअघि मतपत्र छापिने
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने जनाएको छ । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्ति गर्न सम्झौता गरिसकेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रमबमोजिम मतदानको १५ दिनअघि छ हजार ७४३ वडामा मतपत्र पुर्याउन समस्या हुने भएकाले पहिले नै मतपत्र छाप्ने प्रक्रिया सुरु हुने बताए ।
आयोगले मतदान हुनुभन्दा १७ दिनअघि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । मतपत्रमा अन्तिम नामावलीबमोजिमका उम्मेदवार र चुनाव चिह्न राख्न समय अभाव हुने आयोगले जनाएको छ । आयोगले वैशाख ३० गतेका लागि निर्धारित मतदानभन्दा करिब एक महिनाअघि नै मतपत्र छाप्ने कार्य सुरु गर्नेछ । स्थानीय तह निर्वाचन ऐनअनुसार आयोगले निर्वाचन कार्यक्रम प्रकाशन गर्दा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि प्रचारप्रसारका लागि बढीमा १५ दिनको अवधि रहने गरी प्रकाशन गर्नुपर्छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “वैशाख १७ गतेबाट छाप्न सुरु गरेर ३० गतेभित्र मतदान स्थलमा पुग्ने सम्भावना देखिन्न, त्यसैले मतपत्र छपाइ एक महिनाअघि नै सुरु हुनेछ ।” आयोगले कुन पालिकामा कति उम्मेदवार हुने अनुमान गरेर मतपत्र छाप्ने प्रक्रिया सुरु गर्नेछ । जिल्लामा सक्रिय राजनीतिक दलको सङ्ख्यामा केही थप गरेर चुनाव चिह्न राखेर मतपत्र छापिने प्रवक्ता पौडेलले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
यो पनि पढ्नुहोस्..काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विवाद सतहमा आएको छ ।आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको विवाद सतहमा आएको हो ।अध्यक्ष दाहालले सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता श्रेष्ठतर्फ लक्षित गर्दै वामदेव गौतम जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणी गरेका छन् । एमसीसी संसद्बाट पारित भएपछि त्यसलाई लिएर धेरै भावुक नहुन उनले आग्रहसमेत गरेका छन् ।
अध्यक्ष दाहालले भारतसँग भएको महाकाली सन्धिलाई स्मरण गर्दै त्यसबेला एमालेका नेता वामदेव गौतमले जस्तो बाटो रोजेमा रोक्न नसक्ने उल्लेख गरेका हुन् । उनले घुमाउरो भाषामा असन्तुष्टि पार्टी बाहिरै पोखेको भन्दै पार्टी छाडेर गए पनि नरोक्ने बताएका हुन् ।संसद्बाट एमसीसी पारित भएपछि नेता श्रेष्ठले आमदेशभक्त नेपाली जनताले आइतबारको दिनलाई ‘कालो दिन’का रूपमा लिने टिप्पणी गरेका थिए । एमसीसीलाई उनले राष्ट्रघाती सम्झौताको संज्ञासमेत दिएका छन् ।‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे’ श्रेष्ठले भनेका छन्, ‘आमदेशभक्त नेपाली जनताले यसलाई कालो दिनका रूपमा लिनेछन् ।’
माओवादी केन्द्रका नेता श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, रेखा शर्मालगायतका नेताहरूले आइतबारको बैठकमा एमसीसी पारित गर्नुहुँदैन भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।दाहालको निर्णयमा असन्तुष्टि पोखेका श्रेष्ठले राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि जुट्न पनि भनेका थिए । तर, सोमबारको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादीका सबै सांसद एक भएर एमसीसी पास गरेको बताएका छन् ।एमसीसी पास भएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेको भन्दै दाहालले श्रेष्ठको सो कदमप्रति रोष प्रकट गरेका छन् । उनले सन्तुष्टि आफ्नो विचार पार्टी केन्द्रीय समितिमा व्यवस्थित रूपमा राख्न भनेका छन् । आफूले असन्तुष्टि बाहिर नलैजान भने पनि श्रेष्ठले नमानेको पनि दाहालले बताएका छन् ।
‘नारायणकाजीलाई यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैंतिर आउँछ, केन्द्रित हुन्छन् भन्ने परेको होला,’ दाहालले भने, ‘जनता हवार्र मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिक रूपमै बोलिदिनुभएछ ।’दाहालले एमसीसीको विरोध गरेकै भरमा नेपाल मजदुर किसान पार्टी देशकै ठूलो भइसक्ने भन्दै नारायणकाजीतिर कटाक्ष गरे । ‘प्रेम सुवालले एमसीसीविरुद्ध मुर्दावाद भनेका थिए । उनकै पछि सारा नेपाल लाग्नुपर्ने नि तर त्यस्तो हुँदैन । एमसीसीको विरोध गरेकै भरमा ठूलो पार्टी हुने भए, भोट आउने भए नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालसँगै सबै लाग्ने थिए । तर, त्यस्तो हुँदैन राजनीतिमा,’ उनले भने ।
दाहालले एमसीसीको विपक्षमा अभिव्यक्ति दिँदै आएका प्रमुख सचेतक एवं नेता देव गुरुङ पार्टीको निर्णय कार्यान्वयनमै सक्रियतापूर्वक लागेको बताए । उनले संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको वर्तमान सत्तारुढ गठबन्धन कायम रहने, सरकार बच्ने र यसैले निर्वाचन गराउने पनि उल्लेख गरेका छन् ।


