धनकुटा नगरपालिका १० को चौधरी गाउँ कांग्रेसको किल्ला
धनकुटा । धनकुटा नगरपालिका १० को चौधरी गाउ परिवर्तनको पक्षमा उभिएको आज आयोजित कांग्रेस भेलामा सभागीहरुले वताएका छन ।
यसअघि कांग्रेस कम्जोर रहेको यो वडाको चौधरी गाउ टोलका ९० प्रतिशित वासिन्दा कांग्रेसमा प्रवेश गरी कांग्रेको वलियो किल्ला बनेको चौधरी गाउका बयोवृद्ध समाजसेवी गणेश वहादुर कार्कीले वताउनु भयो ।
धैरे बर्ष अघि जागिर खान एक जना चौधरी आएर बसोवास गरेकोले चौधरी गाउ नाम रहन गाउँको यस गाउँका अर्का समाजसेवी चक्र कार्कीले निर्वाचनमा कांग्रेसलाई विजयी गरउन आजै देखी क्रियाशिलहुने बताउनुभयो ।
भेलालाई सम्बोधन गर्दै पार्टीका जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई नेपाली जनताको वास्तिक पार्टी भनेकै नेपाली कांग्रेस रहेको भन्दै यस गाउको विकास र समृद्धी अव कांग्रेसले गर्ने वताउनु भयो । भेलाको अवसरमा बिन्दु काकी सभापती रहने गरि चौधरी गाउ टोल समिति गठन गरिएको छ । समितिको उपसभापतीमा डम्वर बहादुर थपा,सचिव यज्ञ वहादुर कार्की,सहसचिव मान वहादुर कार्की,कोषाध्यक्ष सन्दिप कार्की रहेका छन् । अन्य सदस्यहरुमा बिमला परियार,देवी विश्वकर्मा,राम वहादुर कार्की,गणेश कार्की,यज्ञ वहादुर कार्की र अर्जुन कार्की रहेका छन् ।
यसैगरी लक्ष्मण कार्कीको अध्यक्षतमा नेपाल तरुण दल पनि गठन गरिएको छ । तरुण दलको उपाध्यक्षमा राज कुमार पाण्डे , सचिव यज्ञ वहादुर विश्वकर्मा, सहसचिव प्रेम वहादुर कार्की रहेका छन् ।
सदस्यहरुमा यज्ञ वहादुर विश्वकर्मा,इन्द्रमाया विश्वकर्मा,झनेन्द्र विश्वकर्मा,रोशन विश्वकर्मा,प्रशान्त विश्वकर्मा,आशिष विश्वकर्मा रहेका छन् ।


