कांग्रेसले धनकुटाको विभिन्न पालिकामा वृहत कार्यक्रम गर्ने

धनकुटा । स्थानिय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले धनकुटाको विभिन्न पालिकामा वृहत कार्यक्रम गर्ने तयारी गरेको छ । ती कार्यक्रमहरुलाई पूर्वमन्त्री तथा पार्टीका केन्द्रिय सदस्य सुनिल बहादुर थापाले सम्बोधन गर्नुहुने नेपाली कांग्रेस जिल्ला कमिटीले जनाएको छ ।

घर घरमा जाऊँ कांग्रेसलाई जिताऔ भन्ने मूल नाराका साथ पूर्व मन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य थापाले चौविसेको राजारानीबाट कार्यक्रम शुरु गर्ने तयारी गरिएको छ । त्यसपछि सागुरीगढी हुदै सहिदभूमीमा पुगेर कार्यक्रम अन्त्य गर्ने योजना रहेको पार्टीका जिल्ला सचिव तथा कार्यक्रम शाखा प्रमुख विजय सन्तोषी राईले वताउनु भयो । सोही अनुसार दुई हप्ता सम्म केन्द्रिय सदस्य थापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र (क) को विभिन्न पालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्षेत्रिय सभापती जितेन्द्र राईले जानकारी दिनुभयो ।

कार्यक्रमहरु
१. फाल्गुण २१ गते चौविसे गाउपालिका स्तरीय कार्यक्रम राजारानी बजारमा,
२. फाल्गुण २४ गते सागुरीगढीको वडा नं ९ र १० को आहालेको चादनी बजारमा,
३. फाल्गुण २५ गते सागुरीगढी वडा नं ७ र ८ को महाभारतको खुडीमा
४. फाल्गुण २६ गते चौविसे वडा नं १,२,३ र ४ को खुवाफोको मादेन चौक
५. फाल्गुण २७ गते सागुरीगढी ५ र ६ को भेडेटारको थुम्की
६. फाल्गुण २८ गते सहिदभूमी गाउपालिकाको ७ को साप्तीङ्गटार र वडा नं १ मा
७. फाल्गुण २९ गते विहान सहिदभूमी गाउपालिका वडा नं २ र ३ छिन्ताङ्ग र दिउसो पिप्लेमा
८. फाल्गुण ३० गते सहिदभूमी गाउपालिकाको ६ को भेटघाट सहित वडा नं ४ र ५ को साततले

यी पालिकाहरुमा हुने कार्यक्रम सकिएपछि छथरजोरपाटी गाउपालिका, महालक्ष्मी नगरपालिका र धनकुटा नगरपालिकामा कार्यक्रममा गरिने जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।