धनकुटामा भ्रष्टाचार मौलाएको रहेछ : नेता खतिवडा
धनकुटा,२९ फागुन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडाले धनकुटामा एमालेले सात वटै स्थानिय तह जितेको भए पनि विकासको काम भन्दा बढी भ्रष्टाचार बढी रहेको बताउनु भएको छ ।
धनकुटामा घर घर जाउँ कांग्रेस जिताउँ अभियानको उत्घाटन गर्दै नेता खतिवडाले यस्तो बताउनु भएको हो । स्थानियतहमा विकास गर्ने भन्दा पनि जनता झुकाउने काम मात्र भएको समेत आफुले जिल्ला घुम्दा पाएको समेत उहाँको भनाई थियो ।
धनकुटा जिल्लाका स्थानिय तहमा देखिएको बेरुजुले समेत विकास भन्दा भ्रष्टाचार बढी छ मौलाएको भन्ने कुरा प्रस्ट रहेको उहाँको भनाई थियो । धनकुटामा अहिलेको स्थानिय सरकारले गरेको भ्रष्टाचार लाई जनताले राम्ररी बुझेकोले त्यसता कुरा लाई कांग्रेसले अझै प्रस्ट पार्दै जानुपर्ने उहाँको भनाई थियो ।
घर घर जाउँ कांग्रेस जिताउँ अभियानको उत्घाटनको सभापतीत्व नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले गर्नु भएको थियो भने कार्यक्रमको संचालन नोिली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले गर्नु भएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य नेपाली कांग्रेस धनकुटाका सहिसचिव गिरिजाप्रसाद दाहालले गर्नु भएको थियो ।


