नेकपा एमालेको पाख्रिवास नगरपालिका १ मा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं १ मा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानिय तह निर्वाचन नजिकिंदै गर्दा निर्वाचन लक्षित सबै राजनैतिक दलहरुले कार्यक्रम गरिरहेको अवस्थामा नेकपा एमालेले पनि स्थानिय स्तरमा आफ्नो गतिविधिलाई तिब्रता दिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा नपा का प्रमुख बृख बहादुर राई र अतिथिहरुमा प्रदेश सभा सदस्य भवानी प्रसाद दाहाल,खेम बहादुर कुंवर,नगर कमिटी अध्यक्ष शान्तिराम गौतम लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अतिथिहरुले एमालेले जसरी पहिलो स्थानिय तह निर्वाचनमा जनताको मन जितेर क्लीन स्वीप गर्न सफल भएका थियौं । चुनाव जिति सकेपछि हामीले गरेका काम,बिकास निर्माणका कार्यहरुलाई पु:न जनता माझ लिएर जानु पर्नेमा जोड दिएका थिए ।
वडा अधक्ष्य हेम बहादुर पाण्डेको सभापतित्वमा संचालित कार्यक्रमको संचालन सागर बहादुर पाण्डेले गर्नु भएको थियो ।-चन्द्रकला चापागाईको सहयोगमा


