स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस धनकुटाले वडा वा स्थानिय स्तरमै गठबन्धन गर्ने

धनकुटा । स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस धनकुटाले वडा वा स्थानिय स्तरमै गठबन्धन गर्न भनेको छ । पार्टी पदाधिकारीहरुको बैठकले स्थानिय स्तरको आवश्यक्ता अनुसार निर्वाचनमा गठबन्धन गर्न दिने निर्णय गरेको हो ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राईको अध्यक्षमा बसेको पदाधिकारी बैठकले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरु सँग कुन कुन पद कसरी बाँडफाँड गरी र्निाचनमा उम्मेदवारी दिने भन्ने सम्वन्धमा स्थानीय स्तरमै छलफल गरी समहमती गर्न अधिकार दिइएको जिल्ला सचिव तथा संगठन विभाग प्रमुख विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

स्थानीय तहको वडा अध्यक्ष तथा सदस्यहरुमा गठबन्धन गरी सिट बाडफाड गर्न जिल्लाबाट खटाइएका वडा संयोजकहरुले पालिका संयोजकसँग समन्वय गरी वडा कार्य समिति सभापती र वडा समितिसँग छलफाल गरी उनिहरुकै सभागीतामा वडाका गठबन्धनका दलसँग समेत छलफल गरी सहमतीका आधारमा उम्मेदवार सिफारिस गर्ने निर्णय भएकोले सोही अनुसार गर्न निर्देशन दिएको जिल्ला सचिव जयन्द्र घिसिङ्गले वताउनु भयो ।

स्थानीय तहको आवाश्यक्ता र परिस्थितिलाई मध्यनजर गर्दै सात वटा पालिकामा प्रमुख र उपप्रमुखमा समेत गठबन्धन गरी उम्मेदवार दिन पनि पालिका स्तरमै जिम्मा दिईएको जिल्ला उपसभापती सुनिल डंगोलले वताउनु भयो ।

त्यसका लागि वडा र पालिका संयोजक तथा कार्य समितिलाई अधिकार दिई जिम्मेवारी समेत दिएकोले उनिहरुले चैत्र १० गते भित्र सुझाव सहित जिल्लामा गठबन्धन गर्ने र उम्मेदवार सिफारिस गर्न समेत निर्देशन दिएको जनाईएको छ ।

बैठकमा पार्टीका धनकुटा नगरपालिका संयोजक विजय सन्तोषी राई,पाख्रीवास नगरपालिका संयोजक सुनिल कुमार डंगोल,सागुरीगढी गाउपालिका संयोजक जयन्द्र घिसिङ्ग,छथरजोरपाटी गाउपालिका संयोजक रोशन श्रेष्ठ र चौविसे गाउपालिकका संयोजक गिरिजा प्रसाद दाहाल र सहिदभूमी गाउपालिका संयोजक खगेन्द्र घिमिरेले अहिलेको सम्मको अवस्थाको वारेमा जानकारी गराउदै प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖