नेकपा एमाले पाख्रीबास नगर कमिटीको १० वटै वडामा कार्यकर्ता भेला-प्रशिक्षण कार्यक्रम सम्पन्न

धनकुटा । स्थानिय तह निर्वाचन लक्षित नेकपा एमाले पाख्रीबास नगर कमिटीको चुनावी अभियान अन्तरगत वडा स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण दशवटै वडामा सम्पन्न भएको छ ।

आज नगरको ५ र १० नं वडामा वृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण सहित सम्पन्न भएको हो । दशवटै वडामा पार्टी प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रममा एमाले पार्टी प्रवेश जनलहर , कार्यकर्ता नेताको उत्साहजनक उपस्थिति र एमाले पार्टी प्रतिको जनताको विस्वासले फेरि पनि पाख्रिबास नगरपालिका अत्यधिक बहुमतका साथ ५२ वटा वडा सहित प्रमुख उपप्रमुख विजयी हासिल हुने सुनिश्चित भएको नगर पार्टी अध्यक्ष सान्तिराम गौतमले बताउनुभयो ।

अभियानको अन्तिम दिन वडा नं ५ घोर्लिखर्कमा सम्पन्न वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा काङ्ग्रेस पार्टी त्यागेर ५० जना भन्दा बढि नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेकाछन् ।

उनिहरुलाई अभियानका संयोजक तथा मेयर वृर्ष बहादुर राई ,पार्टीका नगर अध्यक्ष गौउतम , पार्टीका जिल्ला स्तरीय नेताहर राम बहादुर खड्का , राजेन्द्र बस्नेत , नमरता देउजा , नगर उपसचिव सरोज राई लगायतका नेताहरूले खदा ,अविरले पार्टीमा स्वागत गर्दै पार्टी प्रवेश गराएको हो । उक्त भेला तथा प्रशिक्षण कार्यक्रम वडा नं ५ का वडा कमिटी अध्यक्ष डिल्ली कुमार भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

पार्टी प्रवेश गर्नेहरुमा उमेश श्रेष्ठ , मिलन दर्जी ,वालिन्द्र मगर , टंक नेपाली , विदुर कार्की , वुद्विमान तामाङ,प्रेम तामाङ, टिकाराम मगर , लाल बहादुर मगर , भक्ति तामाङ,कमला दर्जी , तिर्थ कुमारी श्रेष्ठ , शान्त तामाङ ,ईन्द्र कुमारी भुजेल ,सिहं बहादुर भुजेल,दुर्गा दर्जि , ईन्दिरा भुजेल लगायत रहेकाछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।