चैत्र नवरात्रमा हारती माताको शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन

काठमाडौँ, २४ चैत । चैत्र नवरात्रका अवसरमा गोकर्णेश्वर नगरपालिका–४ मा रहेको जागेश्वरी भगवती मन्दिर परिसरमा हारती माताले शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन गर्नुभएको छ ।

चैत्र शुक्ल प्रतिपदाका दिन चैत १९ गतेदेखि उहाँले आधुनिक विज्ञानलाई चुनौती दिँदै मन्दिर परिसरमा इँटाले बनाएको शरीर अट्ने भागमा सुतेर त्यसमाथि १०८ अखण्ड दीप प्रज्ज्वलन गर्नुभएको जागेश्वरी भगवती मन्दिर सञ्चालन समितिका अध्यक्ष श्याम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यही चैत १९ गते बिहानदेखि नै माताले शरीरमाथि अखण्ड दीप प्रज्ज्वलन गर्नुभएको हो । शरीरमा अखण्ड दीप प्रज्ज्वलन गरेदेखि माताले केही खानुभएको छैन । मुस्किलले अक्सिजन छिर्ने सानो भाग पल्टेर देवीको आराधना भइरहेको मन्दिर सञ्चालन समितिले जनाएको छ ।

तीन वर्षअघि सपनामा गोकर्णेश्वर–४ गोकर्ण देशे गाउँकी नानी देउलालाई हारती माताले दर्शन दिनुभएको थियो । सपनामा हारती माताले उहाँलाई पूजा आराधना गर्नु भनेपछि उहाँ सोही नामको माताका रुपमा देवीको पूजा आराधनामा लाग्नुभएको हो । हारती माताले दर्शन दिनुअघि केही समय उहाँ बिरामी हुनुभएको पारिवारिक स्रोतले जनाएको छ ।

माताले आश्विन शुक्ल पक्षको नवरात्रमा ताप्लेजुङको पाथीभरा देवी मन्दिर परिसरमा शरीरमा जमरा उमार्ने घोषणासमेत गर्नुभएको उहाँकी छोरी विपना देउलाले जानकारी दिनुभयो । माताले सपनामा दर्शन दिएदेखि बिहान दैनिक उहाँले पूजा आराधनामा समय बिताउने गर्नुभएको छ ।

चैत्र नवरात्रका अवसरमा मन्दिर सञ्चालन समितिले त्यस स्थलमा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञको समेत आयोजना गरेको छ । महायज्ञमा रामानुजदास सन्तोाषजीले कथावाचन गरिरहनुभएको छ । महायज्ञ चैत २८ गतेसम्म जारी रहने आयोजक समितिले जनाएको छ ।

नेपाल सरकारले राष्ट्रिय शहीद पार्क तथा निजामती स्मारक निर्माणस्थलका रुपमा घोषणा गरेको गोकर्णेश्वरको यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा रहेको जागेश्वरी मन्दिरमा आयोजित कार्यक्रममा भक्तजनको भीड लाग्ने गरेको छ । सामुदायिक वन समूहका अध्यक्ष सुदर्शन सिग्देल गोकर्णेश्वर उत्तरगया क्षेत्र प्राचीनकालदेखि नै सिद्धस्थलका रुपमा रहेकाले साधकका रुपमा माता अघि आउनुभएको बताउनुहुन्छ ।

गोकर्णेश्वर महादेव मन्दिर रहेको यो क्षेत्र सिद्धस्थल भएकैले सरकारले शहीद स्मारक घोषणा गर्दा वनको २४ रोपनी क्षेत्रलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्ने निर्णय गरेको थियो । धार्मिक क्षेत्रअन्तर्गत गोकर्णेश्वर र जागेश्वरी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको समेत अध्यक्ष रहनुभएका सिग्देलले बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖