एमाले पाख्रीबास नगर कमिटीद्वारा ५४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान
धनकुटा । नेकपा एमाले पाख्रीबास नगरकमिटीले ५४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ ।

नगर कमिटीले शुक्रबार एक कार्यक्रम आयोजना गरि नगरका १० वटै वडाका ५४ जना महिला स्वयमसेविकाहरुलाई सम्मान गरेको हो । नगरकमिटी अध्यक्ष शान्तिराम गौतमको अध्यक्षता तथा संघीय संसद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच उनिहरुलाई सम्मान पत्र सहित करुवा प्रदान गर्दै सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि ,विशेष अतिथिहरुले बोल्दै समाजमा स्वास्थ्य क्षेत्रमा सुधार तथा सचेतना जगाउन महिला स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपूर्ण भूमिका रहेने बताएकाछन् ।
साथै नेपालको ग्रामीण क्षेत्रमा घरघर पुगेर सेवा पुर्याउन प्राथमिक स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुका लागि आवश्यक प्रोत्साहन लगायत थप सेवा सुविधाको व्यवस्था गर्नुपर्ने बताए ।
सम्मानित हुन पाउँदा महिला स्वास्थ्य स्वयसेविकाहरुले खुशी व्यक्त गरेकाछन् ।


