हलेसीमा पन्ध्रदिने रामनवमी मेला

खोटाङ, २७ चैत । रामनवमीको अवसरमा खोटाङको हलेसीमा पन्ध्रदिने मेला लागेको छ । यहाँ पूजाआजा गर्न भक्तजनको बाक्लो उपस्थिति छ ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा एक साता अघिदेखि मेला लागेको हो । मेलामा नेपालका साथै छिमेकी देश भारतबाट समेत उल्लेख्य सङ्ख्यामा भक्तजन आएका छन् । हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलका अनुसार भक्तजनका कारण मन्दिर आसपासका होटल भरिभराउ छन् । आगामी दिनमा धर्मशाला निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

नेपाल आयल निगमले समेत हलेसीमा धर्मशाला निर्माण गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले जानकारी दिनुभयो । अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याउने गरेका छन् । यसबाट सवारीसाधन व्यवस्थापनमा समस्या हुने गरेको छ । हलेसी मध्यपहाडी लोकमार्गमा पर्छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठ मेला व्यवस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताउनुहुन्छ । हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्वार, स्वर्गद्धार जस्ता विभिन्न द्वार छन् ।

प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार जस्तो देखिन्छ ।

हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, हरितालिका तीज, बोलबमलगायतमा मेला लाग्छ । मध्यपहाडी लोकमार्गको सुनकोशीस्थित हर्कपुर र दूधकोशीस्थित जयरामघाटमा पक्की पुल बनेसँगै तराईसँगको सिधायातायात जोडिएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖