नेपाली कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान धनकुटामा सम्पन्न
धनकुटा । नेपाली कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान धनकुटामा आज सम्पन्न गरिएको छ । कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको थियो ।
केन्द्रले तोकेको फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म सो अभियान धनकुटामा आज सम्पन्न भएको हो । नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यलयमा भएको समापन कार्यक्रमा बोल्दै नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठले सबै नेता कार्यकर्ताहरु एकताबद्ध चुनावमा केन्द्रित हुनु पर्ने बताउँदै पाटीको आन्तरिक लोकतन्त्र अन्र्तगत १४ औं महाधिवेशनमा भएको हार र जीतको विषय उठाउदै केहि नेताहरुले अभिव्यक्ति दिएको भन्दै त्यस्ता अभिव्यक्ति नदिन आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य यूवा नेता रामहरी खतिवडाले आफूले गाउँ गाउँ पुग्दा विकासको अवस्था ज्यादै निराशा जनक पाएको बताउँदै सूर्यबहादुर थापाको पहल र प्रयत्नको साथै कांग्रेस सरकारका पालामा गरेको विकास र समयक्रमा भएको विकास बाहेक एमालेले केहि नगरेकाले जनता एमाले लाई दिएको मत सच्याउन आतुर रहेको बताउनु भयो ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पूर्व मन्त्री सुनिल बहादुर थापाले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ कांग्रेस नेता कार्यकर्ता संगै जनतामा समेत उत्साह आएकोले अबको एक महिना गाउँ गाउँ र टोल टोलका जनताका घर घर कांग्रेस कार्यकर्ता र नेताहरु रहनु पर्ने बताउँदै सबै नेता कार्यकर्ता लाई गाउँमै खट्न आग्रह गर्नु भयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दे नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले धनकुटामा ४ दल मिलेर स्थानिय तहको चुनावमा जाने सहमती भई सकेकोले त्यसै अनुसार पाटीका नेता कार्यकर्ताहरुले गठबन्धनको पक्षमा आफू लाई उभ्याउन आग्रह गर्दै कांग्रेसमा जस्तै सबै पाटीहरुमा पनि आफ्ना आफ्ना समस्या रहेकोले कांग्रेसले भने जतीनै स्थानमा साथीहरु लाई समेट्न नसक्ने अवश्था आउन समेत सक्ने भएकोले स्थानिय तहमा टिकट नपाउने नेता कार्यकर्ताहरु लाई समेत पाटीले अन्य स्थानमा उचित जिम्वेवारी दिने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश १ सदस्य मिना राई लगायतले अव सबै नेता कार्यकर्ता चुनाव केन्द्रित भएर लाग्नु पर्ने बताएका थिए । नेपाली कांग्रेस धनकुटाक सचिव जयन्द्र घिसिगले नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऊ अभियानका गरको कार्यहरुको प्रस्तुती गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस धनकुटाका उपसभापती निर्मल प्रसाद ओझाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव विजय सन्तोषी राईले गर्नु भएको थियो । कार्यक्रमा नेपाली कांग्रेस जिल्ला समितीका पदाधीकारी, महासमिती तथा महाधीवेशन प्रतिनिधी, जिल्ला सदस्य, नेपालीका पालिका सभापती तथा पदाधीकारी सदस्य, भातृ संगठनका प्रमुख तथा प्रतिनिधी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।


