नेपाली कांग्रेस धनकुटाको चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन

धनकुटा । नेपाली कांग्रेस धनकुटाले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट तथा टिकट वितरण गर्ने कार्य शुरु गरेको छ ।

पार्टीका जिल्ला सभापती दिनेश राईको अध्यक्षतामा जिल्ला संसदीय समितिको पहिलो बैठक वसी स्थानीय तहमा लोकप्रिय,पार्टीमा निरन्तर क्रियाशिल, विकास प्रेमी सामाजिक व्यक्तित्व भएको निर्वाचन जित्न सक्ने स्वच्छ छवी भएका, ईमानदार नेतालाई उम्मेदवार छनौट गरी टिकट वितरण गर्न शुरु गरिएको पार्टीका जिल्ला सदीय समितिका सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

जिल्लाको सात वटा पालिकाका र ६० वडा वडाका लागि वडा तथा पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रिय समितिहरुबाट निर्णय गरेर सिफारिस भई आएका गाउपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यका उम्मेदवारहरुको छानविन गरी माप दण्ड अनुसार उम्मेदवार छनौट गरी टिकट वितरण गर्न थालिएको हो ।

पार्टीको विधानले दिएको अधिकार प्रयोग गर्दै जिल्लाको तिन पालिकाका अध्यक्ष तथा उपाध्यक्ष र ६० वटै वडाका वडाध्यक्ष तथा सदस्यहरु चार दिन भित्र उम्मेदवार छनौवट गरी टिकट वितरण गर्ने र तिन वटा पालिकाहरुको मेयर तथा उपमेयरहरुको टिकटका लागि प्रदेश कार्य समितिमा सिफारिस गरी पठाईने समितिले जनाएको छ ।

यसैवीच धनकुटा नगरपालिका ७ नं वडा मा नेपाली कांग्रेसको पहिलो प्रचार प्रसार कार्यालयको आज उद्घाटन गरिएको छ । प्रचार प्रसार कार्यलयको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला सभापती राईले कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न व्यापक ढंगले प्रचार प्रसारमा जुट्न सवैलाई आग्रह गर्नुभएको छ ।

धनकुटा नगरपालिका वडा नं ७ को हुलाकटोलमा कार्यलय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन कार्यक्रममा पार्टीका १ नं प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, जिल्ला उपसभापती सुनिल कुमार डंगोल लगायतको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖