लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव

काठमाडौं, जेठ २२ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी संसदीय निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन या तालमेल गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार भएको भेटवार्तामा लोसपा अध्यक्ष महन्थ ठाकुरले यस्तो प्रस्ताव गरेको स्रोतले बतायो।

देउवासँग भेट गर्नुअघि ठाकुरले आफ्नो पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए। लोसपाका नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री देउवा र पार्टी अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको बताए। ‘हामीले नेपाली कांग्रेससँग लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन गर्नुपर्ने प्रस्ताव सुरुदेखि नै राखेका थियौं,’ भण्डारीले भने, ‘तर शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र हाम्रो पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच कुनकुन विषयमा कुराकानी भयो भन्ने मलाई थाहा छैन।’

स्थानीय तह निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन हुनुपर्ने पक्षमा लोसपा रहेको उनले बताए। ‘अहिले नेपाली कांग्रेससहित पाँचदलीय गठबन्धन छ। लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुन अहिलेको गठबन्धन भत्कनुपर्छ,’ भण्डारीले भने, ‘पाँचदलीय गठबन्धन भत्क्यो भने लोकतान्त्रिक गठबन्धन सम्भव छ।’

लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन भए प्राकृतिक र टिकाउ हुने आफ्नो धारणा रहेको उनले बताए। स्रोतका अनुसार देउवा र ठाकुरबीच संसदीय निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो। त्यस क्रममा लोकतान्त्रिक शक्तिबीच तालमेलको विषयमा पनि कुराकानी भएको स्रोतले बतायो।

स्थानीय तह निर्वाचनअघि नै प्रधानमन्त्री देउवा र लोसपाका नेताहरूबीच पटकपटक कुराकानी भएको थियो। स्थानीय निर्वाचनमै नेपाली कांग्रेससँग गठबन्धन गर्न लोसपाका नेताहरूले प्रयास गरेका थिए। तर कांग्रेस सत्तारूढ दलसँग नै गठबन्धन गरी चुनावमा गयो। लोसपाले कुनै दलसँग गठबन्धन नगरेका कारण स्थानीय तह निर्वाचनमा अपेक्षाकृत जित निकाल्न नसकेको सो दलका नेताहरूको बुझाइ छ। नागरिक दैनिकबाट

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖