बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको वार्षिकोत्सव मनाईदै

धनकुटा । नागपञ्चमी पर्व नागको पूजा गरि मनाईदैछ । नागपञ्चमीको अवसर पारि धनकुटा नगरपालिका १ हिलेमा अवस्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको वार्षिकोत्सव मनाईदैछ ।

आज यो मन्दिरको १२ औं वार्षिकोत्सव मनाउन लागिएको हो । वार्षिकोत्सवको कार्यक्रम मन्दिर परिषरमा विहान ११ बजेदेखी शूरुहुने बक्रकुण्ड पञ्चेश्वर धार्मिक एवं पर्यटन विकास समितिले जनाएको छ ।

आज यो मन्दिरमा पूजाआराधनाका लागि जिल्ला विभिन्न स्थानका भक्तजनहरुको आउने गर्दछन् । आजको दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्षभरि विषालु जीवको भय नहुने जनविश्वास छ। नागपूजाका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ। चट्याङले घरमा कुनै प्रकारका हानि नोक्सानी नपुर्‍याओस् भन्न बज्रवारकहरूको पूजा गर्ने चलन छ ।

मूलढोकामा नागको चित्र टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ। खासगरी मूलढोकाको दुवैतर्फ गोबरद्वारा निर्मित सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुबो, धानको लाबा चढाई चन्दन, पुष्प आदिले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि शास्त्रमा उल्लेख छ।

भगवान् शिवको गहना र भगवान् विष्णुको आसनको रूपमा रहेको शेषनाग हिन्दुधर्ममा नागको महत्त्व महत्वपूर्ण मानिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।