सकियो कलङ्क हटाउने चौरचन पर्व

विराटनगर, १५ भदौ । वर्षभरिको सङ्कटबाट बचाउने र कलङ्क हटाउने पर्वका रूपमा मिथिलामा मनाइने चौरचन मङ्लबार साँझ घर–घरमा मनाउँदै सम्पन भएको छ ।

भाद्र शुक्ल चर्तुर्थी तिथिमा सूर्यास्तपश्चात सवापहर (अधाई घण्टा) भित्र चौठीचाँदको पूजा गर्दै चौरचन सम्पन भएको हो । चौरचन पर्वले पुत्र, धन तथा मान वृद्धि गरी लागेको कलङ्क पनि हटाउने जनविश्वास रहिआएको छ । दिनभरि व्रत लिई साँझपख आँगनमा पिठार (चामलको पीठो)ले अरिपन दिई गोलाकार चन्द्रमा मण्डलमा केराको पात राखी त्यसमा पकवान, मिठाइलगायत प्रसाद राखेर चन्द्रमाको पूजा गर्ने चलन छ । मुकुटसहित चन्द्रमाको दिशामा बनाएको प्रतीक (अरिपन)मा केराको पातमा रोहिणीसहित चतुर्थी चन्द्रमाको पूजा सेतो फूलले गर्ने गरिन्छ ।

परिवारको सदस्य सङ्ख्या जति छ, त्यति नै पकवानयुक्त डाली र दहीको छाँछी अरिपनमा सजाएर केराको घरी, दीपयुक्त कुडवार (माटोको कलश), लावन आदि पूजा सामग्री राखिन्छ । एक–एक डाली, दही, केराको घरी उठाएर मन्त्रले प्रत्येक व्यक्तिले हातमा फल लिएर चन्द्रमाको दर्शन गरी आशीर्वाद लिने पण्डित महेन्द्रनारायण ठाकुर बताउनुहुन्छ । दही र फलफूल लिएर चन्द्रमाको दर्शन गरे पापबाट मुक्ति पाइने विश्वास छ ।

चन्द्रमाको दर्शन गरी चन्द्रमण्डलमा राखिएको प्रसादलाई उपस्थित पुरुषले चार भाग गरी पातमा भोजन गरेपश्चात बाँकी रहेको भाग त्यही नै खाल्डो खनी गाड्ने चलन छ । चौरचनको दिनभरि नै मिथिलाका महिला पकवान पुरी, ठकुवा पुड्किया, मालपुवा आदि सामग्री बनाउन व्यस्त रहन्छन् । कुशेआँैशीदेखि नै दही, डाली–छाँछीको व्यवस्था गर्ने तयारीमा मिथिलावासी जुट्ने गर्दछन् । मिथिलामा भदौको शुक्लपक्षको चौथीमा मिथ्या कलङ्कबाट बच्न रोहिणीसहित चतुर्थी चन्द्रको पूजा हुने गर्दछ । चन्द्रमाको आराधनाले मनोकामना पूर्ण हुन्छ भन्ने विश्वासले मिथिलामा यस पर्वलाई विषेश रूपमा मनाउने चलन छ ।
(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।