तेह्रथुमको लालीगुँरास नगरपालिकाको लसुने बजारमा बनाइएको लसुनको स्तम्भ

तेह्रथुमको लालीगुँरास नगरपालिकाको लसुने बजारमा बनाइएको लसुनको स्तम्भ । तेह्रथुमका व्यापारिक केन्द्रमध्ये लसुनेलाई एउटा व्यापारिक केन्द्र मानिन्छ । तस्बिर ः बाला भट्टराई/रासस

मन्दिरको भेटीबाट शिक्षकलाई तलब
कञ्चनपुर, २० असोज (रासस) ःभीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ । विद्यालयसँग आन्तरिक आम्दानीका स्रोत नभएर निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब खुवाउन नसकिएपछि मन्दिर समितिले सहयोग गरेको हो ।

समितिले विद्यालयलाई यस वर्ष रु तीन लाख ९६ हजार सहयोग दिएको छ । “दुई वर्ष कोरोना महामारीका कारण विद्यालयलाई आर्थिक सहयोग गर्न सकेनाँैं” सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह महताले भन्नुभयो, “यस वर्ष शिक्षकको तलबका लागि आर्थिक सहयोग दिएका छौँ, दुई वर्ष छाडेर निरन्तर रुपमा एक दशक अघिदेखि समितिबाट विद्यालयलाई सहयोग हुँदै आएको छ ।” समितिले भेटी, पसल बहाल र मन्दिरमा चढाइने प्रसादको ठेक्काबाट आम्दानी गर्दै आएको छ ।

समितिले सहयोग गरेपछि विद्यालयले निजी स्रोतका शिक्षकलाई तलब खुवाएको छ । विद्यालयमा निजी स्रोतका शिक्षकले तीन वर्षदेखि तलब खान पाएका थिएनन् । विद्यालयसित आन्तरिक स्रोत नभएपछि मन्दिर समितिलाई सहयोगका लागि आग्रह गरिएको थियो । विद्यालयका प्रधानाध्यापक उद्धव चन्दले मन्दिर समितिले सहयोग गरेपछि मात्रै शिक्षकलाई तलब खुवाउन सकिएको बताउनुभयो ।

“आधारभूत तहको कक्षा एक देखि पाँचसम्म बाहेक कक्षा छ देखि आठसम्म र मावि तहमा आवश्यक दरबन्दी छैन, निजी स्रोतबाट शिक्षक राखिएका छन्, नराखे विद्यालय चल्न सक्ने अवस्था छैन’’ प्रधानाध्यापक चन्दले भन्नु भयो,“विद्यालयसित आफ्नो आर्थिक आम्दानीको स्रोत छैन, त्यस कारण तलब दिन सकिएको थिएन, मन्दिर समितिले दिएपछि यस वर्ष दिएका छौँ ।”

कक्षा एकदेखि १२ सम्म पठनपाठन हुने यस विद्यालयमा सात सय भन्दा बढी विद्यार्थी छन् । आधारभूत तहका पाँच दरबन्दी बाहेक अन्य सबै तहमा दरबन्दी अपुग छन् । त्यस बाहेक मावि तहका पाँच दरबन्दीमा एक जना मात्रै कर्यरत छन् । माविमा एक जना अनुदानमा कार्यरत छन् । निमाविमा राहतका तीन जना बाहेक अन्य स्थायी दरबन्दी शून्य छ । कक्षा ११ र १२ मा पिरियडका आधारमा तलब दिने गरी निजी स्रोतका पाँच शिक्षक कार्यरत छन् ।
बाल विकासमा एक जना र निमावि तहमा निजी स्रोतबाट विज्ञान शिक्षक राखिएको छ । दरबन्दी अनुसार शिक्षक नभएपछि आधारभूत तहका शिक्षकलाई माथिल्ला कक्षामा पठनपाठनको जिम्मेवारी दिइएको छ ।

विद्यालयका प्रधानाध्यापक चन्दले निजी स्रोतका शिक्षक कर्मचारीलाई तीन वर्षदेखि तलब दिन नसकिएको र अहिलेसम्म विद्यालय रु २५ लाख घाटामा देखिएको बताउनुभयो ।

सरकारले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क घोषणा गरेपछि विद्यार्थीबाट शुल्क लिन रोक लगाइएको छ । सरकारले निःशुल्क घोषणा गरेपछि विद्यालयमा दरबन्दी अनुसारका शिक्षक पूर्ति गर्न नसक्दा विद्यालय बर्सेनि घाटामा गएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖