तरकारी बजार ब्यवस्थापनका कुशल ब्यवस्थापक मेघेन्द्र गुरुङ

जीवनप्रसाद राई । नेपाली सेरोफेरो, बैक, बिमा, बित्त कम्पनी, कम्पनीहरुको सफलतामा सफल तथा कुशल ब्यवस्थापकको बारेमा चर्चा र परिचर्चा हुने गरेको बिभिन्न पत्रपत्रिका तथा अनलाईन खबरहरुमा हामीले पढ्ने गरेका छौ । तर मुलुकको कुल ग्राहस्त उत्पादन १९ प्रतिशत ओगटेको कृषि र कुल जनसंख्या ६६ प्रतिशत संलग्न रहेको कृषिक्षेत्रको बारेमा कहिल्यै पनि ब्यवस्थापनको बिषयमा छलफल भएको, यसका बारेमा गहन समाचार बनाईएको पाईन्दैन ।

नेपालमा जहिल्यै पनि कृषिको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने र बिचौलिया प्रथाको अन्त्य हुनुपर्ने जस्ता बिषयमा बहस हुने गरेको छ । नेपाली कृषि क्षेत्रमा कस्ता खालका बजार ब्यवस्थापकहरु तयार गरिनुपर्ने हो यो बिषय जहिल्यै पनि गौण पारिएको छ । एउटा औषधी उत्पादक कम्पनी, तारे होटल, बिमा कम्पनी, डाईरेक्ट सेलिङ कम्पनी, लगायतका ब्यापारिक कम्पनीहरुले आफ्नो प्रडक्टलाई सर्बसाधारण नागरिकहरु सम्म पुर्याउन र अन्तराष्ट्रिय बजारमा पुर्याउनका लागि बजार प्रतिनिधि राख्ने गरेको पाईन्छ । कृषिक्षेत्रमा हामीले एउटा ब्यवस्थापकीय अवधारणा ल्याउन नसक्नु दुर्भाग्य हो । ठीक यही कुरा नै धनकुटाको सिंधुवामा मेघेन्द्र गुरुङले कुशल ब्यवस्थापक भएर बेमौसमी तरकारी उत्पादन कार्यलाई कुशल ब्यवस्थापनको काम गरेको थियो ।

मेघेन्द्र गुरुङ को हुन ?

बेलायती सेनाका बुवा कुलप्रसाद गुरुङ र आमा अन्नपुर्ण गुरुङबाट २०१७ साल माघ १२ गते हङकङमा जन्मनु भएका मेघेन्द्र गुरुङ आधिकारिक हङकङ आईडी पाएका ब्यक्ति हुन् । मध्यम बर्ग नेपालीहरु माझ हङकङ आईडीको लागि मरिहत्ते गर्ने प्रबृति पनि छ । हङकङ आईडीको बारेमा रचिएका गीतहरु त निकै चर्चामै रहेका छन । आखिर किन हङकङ प्रतिको आकर्षण छ भने त्यहाँको जीवनशैली तथा त्यहाँ कमाउन पाउने अवसरका कारणले गर्दा त्यसो भएको हो । मेघेन्द्र गुरुङको बुवाको बेलायती सेनाबाट अवकाश भएपछि बुवा संगै उनी पनि नेपाल फर्के । धनकुटा जिल्लाको सिंधुवामा कृषि कर्ममै जुटे । सिप्रेडको बेमौसमी तरकारी खेती परियोजना संचालन भएपछि उनी पनि त्यो परियोजनामा संलग्न भए ।

सिप्रेड संस्था र रामानन्द प्रसाद गुप्तको अवधारणामा नेपालकै पहिलो बेमौसमी तरकारी खेतीको शुरुवात २०४८ सालमा भएको थियो । धनकुटाको सिंधुवामा शुरु भएको यो बेमौसमी तरकारी खेतीको कुशल बजार ब्यवस्थापन नगरिएको थियो त कार्यव्रmम सफल हुने थिएन । त्यो परियोजनाको कुशल बजार ब्यवस्थापन मेघेन्द्र गुरुङले सम्हालेका थिए । यही कारणले गर्दा नै परियोजना सफल भएको मानिन्छ । यसमा मेघेन्द्र गुरुङको समुदाय प्रतिको त्याग, निरन्तर रुपमा स्वयंसेवीपना, लगानी ब्यवस्थापन, सम्बन्ध बिस्तार, अथक प्रयास र मेहनेतले कार्य गरेको पाईन्छ । मध्य पहाडि क्षेत्रमा उत्पादन भएको बेमौसमी तरकारी लाई भारतीय बजारमा बिव्रmीको लागि प्रबन्ध मिलाई त्यसमा अविराल रुपमा खट्ने पात्रको रुपमा उनलाई उभ्याउन सकिन्छ । नेपालबाट तरकारी भारतीय बजारमा पुगेको प्रथम ईतिहास पनि धनकुटा जिल्लाको सिंधुवालाई नै जान्छ । यो नेपाली तरकारी बजार, उत्पादनको ईतिहासमा सबैभन्दा महत्वपुर्ण बिषय हो । यसले नेपाली अर्थतन्त्रमा सुधार मात्रै होईन बिशाल भारतीय बजारलाई हामीले कसरी उपयोगमा ल्याउने भन्ने बिषयमा समेत बहस सिर्जना गरिदिएको छ ।

कसरी काम गरे मेघेन्द्र गुरुङले ?

८५ वटा कृषक समुहबाट उत्पादन हुने गरेको बडेमाको तरकारी र त्यसको प्रभावबाट अन्य समुहमा नभएको कृषकहरुले समेत उत्पादन गरेको तरकारीलाई नेपालको पुर्वी बजारले धान्ने अवस्था थिएन । आजभन्दा ३० बर्ष अघिको कुरा हो धरान स्थापित शहर भएपनि धेरै जनसंख्या थिएन । ईटहरी शहर भरखरै बन्ने व्रmममा थियो । झापाको बजारहरु बिस्तारित भईसकेको थिएन । बिराटनगर शहरले त्यति धेरै मात्रामा तरकारी खपत गर्ने हैसियत राख्दैन थियो । मेघेन्द्र गुरुङको प्रयास यहाँ उत्पादन भएको तरकारी जसरी पनि बेच्नुपर्ने बाध्यतामा थिए । उनका पछाडि सिप्रेड संस्था, समुह र अन्य केही पात्रहरु रहेको भएता पनि यो चुनौती सामना गर्ने हिम्मत कसैसंग थिएन । सिप्रेडको निश्चित उद्धेश्य थियो बेमौसमी तरकारी उत्पादन गर्ने । उ संग निश्चित समयको सीमा थियो २ बर्ष गरिएको काम र पछि पुनः थपिएको ६ महिना गरि सिधुंवाबाट बिदा भए । त्यसपछिको सम्पुर्ण निरन्तरताको जिम्मेवारी मेघेन्द्र गुरुङकै हातमा आईपुग्यो ।

सर्बप्रथम मेघेन्द्र गुरुङको टिमले पश्चिम नेपालको बजारहरु खोज्ने काममा जुटे नारायणगढ, पोखरा, काठमाण्डौ जस्ता ठुला बजारहरुको अध्ययन पनि गरे । तर सिंधुवामा भईरहेको उत्पादनलाई नेपालको बजारले थेग्न सक्ने अवस्था नै रहेन । यसको बिकल्पमा गुरुङले भारतमा उनको नेटवर्कमा रहेका कृषि बजार ब्यवस्थापकका मानिसहरु संग सम्पर्क गर्न चाहे । भारतमा रहेको तरकारी ब्यापारीहरुको माध्यमबाट भारतको सिलगुढी देखि कलकता सम्म नेपालमा फलेको तरकारी पठाउने सफलता प्राप्त गरे । यसपछि मात्रै सिंधुवामा उत्पादन भईरहेको तरकारीले बजारको निरन्तरता पाउन सफल रह्यो र नेपालको तरकारी सर्बप्रथम भारतीय बजारमा जान थाल्यो यो नेपाली कृषिको ईतिहासमा निकै ठुलो उपलब्धी थियो । यसलाई अझै ब्यवस्थित र सुधार गर्नका लागि उहाँले जुन पहलकदमी गरिरहनु भएको छ । त्यो नेपाली कृषि बजारका लागि अध्ययन गरिनुपर्ने बिषय हो ।

उहाँको सबैभन्दा महत्वपुर्ण पहल मध्येको एक हो । पिआरए एच्ब् अर्थात पेष्ट रिक्स एनालाईसिस । नेपालमा उत्पादन हुने कुनै पनि कृषि बस्तुहरुलाई पिआरए गर्न सकिएमा भारतीय बजारमा जस्ले पनि कृषि उत्पादन बेच्न सक्ने बताउनु हुन्छ । यसका लागि उहाँको पहलमा एफएओ, युएसएआईडी, नेपाल सरकार तथा भारत सरकार समक्ष यो प्रस्ताव राख्ने र यसको लागि उहाँको पहल निरन्तर रहेता पनि हालसम्म प्रयास सफल भएको छैन । यही बिषयमा झापाका अनिल भेटवालले समेत नेपालको स्कुस बंगलादेश पठाउने गृहकार्य गरेका थिए । तर यसमा पनि सफलता हासिल हुन सकेको छैन । यसका लागि ब्यक्ति भन्दा पनि नेपाल सरकारले नै बिशेष पहल र स्वमित्व लिएमा यो सफल हुन सक्दछ । यो पहल किन पनि सफल बनाउन आवश्यक छ भने प्रत्येक नेपाली कृषि बस्तु जुन निर्यात गर्न सकिन्छ त्यसलाई भारतीय तथा विश्व बजारमा लगेर बेच्नका लागि सहज हुन जरुरी रहेको छ ।

समय र परिस्थितिले उत्पादन गरेको ब्यवस्थापक:

नेपालमा कृषिको असल ब्यवस्थापक बनाउन र पढाउनका लागि कुनै पनि बिश्वबिधालय तथा क्याम्पसहरुले सोच बनाएका छैनन । नेपाली कृषिको लागि असल ब्यवस्थापकहरु आजको आवश्यकता हो । जसरी नेपाली बैकिङ क्षेत्र, नेपाली बिमा क्षेत्रमा राम्रा ब्यवस्थापकहरुले काम गर्ने अवसर पाएका छन । त्यसैगरि कृषिमा पब्लिक कम्पनीहरुको स्थापना भएर सामुहिक रुपमा काम गर्ने पद्धतीको शुरुवात गर्ने बेला भएको छ । बैकिङ र बित्त कम्पनीमा ब्यवस्थापक बन्नका लागि धेरैवटा कलेजहरुले पढाई संचालन गरिरहेका छन । ठिक त्यस्तै तरिकाबाट कृषिक्षेत्रमा समेत काम गर्ने लाखौलाख ब्यवस्थापकहरु तयारी गर्न सकिन्छ । एउटा तरकारी खेती परियोजनाले तयार पारेको उत्पादनले भारतीय बजारमा तरकारी बिव्रmी गर्ने सम्मको संभावना देखाईदियो । ठीक यही बिषय नेपालको मध्यपहाडि क्षेत्रमा अरु धेरै मोडलहरु हुन सक्दछ । तर यो बिषयमा हाम्रो बिश्वबिधालय तथा कलेजहरुले अध्ययन गरेका छैनन । यो बिषयले धेरै ठुलो बजार पाउन सक्ने संभावना रहेको देखिन्छ ।

मेघेन्द्र गुरुङ कुनै पनि कलेजमा गएर मेनेजर बन्नका लागि पढेका ब्यक्ति होईनन नत उनले असल मेनेजर बन्ने तालिम नै लिए । तैपनि उनी नेपालको तरकारी भारतीय बजारमा बिव्रmी गर्न सक्ने खुबी र क्षमता भएको ब्यवस्थापकको रुपमा चिनिए । हाल उनले तयार पारेको सयौ ब्यवस्थापकहरुले भारतीय बजारमा आफै तरकारी लगेर बेच्न सक्ने भएका छन । हाल उनी सहकारीको ब्यवस्थापनको कार्यमा लागेका छन । नेपालको बिभिन्न ठाँउमा जब तरकारीको अधिक उत्पादन हुन्छ र बजार पाउदैन त्यसपछि मात्रै मेघेन्द्र गुरुङलाई सम्झने गर्दछन । मेघेन्द्र गुरुङलाई सदा सम्झने र उहाँ जस्तै कृषिमा असल ब्यवस्थापकहरु तयार पारिनुका लागि नेपाली कलेजहरुमा कृषिको असल ब्यवस्थापक उत्पादन गर्नका लागि पहल कदमी आजैदेखि नै गरिनुपर्दछ । उहाँले प्राप्त गर्नुभएको ज्ञानलाई कृषि बजारीकरण तथा कृषि बिकासमा लगाउनु पर्दछ । यसका लागि मेघेन्द्र गुरुङलाई एकपटक नजिकबाट बुझ्ने प्रयास गर्ने हो कि ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖