पालिका स्तरिय दोस्रो पाख्रीवास कप पुरुष फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकालाई
धनकुटा । धनकुटाको पाख्रीबासमा सञ्चालित पालिका स्तरिय दोस्रो पाख्रीवास कप पुरुष फुटबल प्रतियोगिताको जित धनकुटा नगरपालिकाले हात पारेको छ । फाईनलमा सागुरीगढी गाउँपालिका सँग भिडेको धनकुटाले पेनाल्टीमा ० को विरुद्ध १ गोल लगाउदै कठिन जित निकालेको हो ।
जित सँगै उसले नगद्ध १ लाख सहित कप, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । दोश्रो भएको सागुरीगढीले नगद ५० हजार सहित कप मेडल र प्रमाण पत्र पुरस्कार पाएको प्रतियोगिता आयोजक पाख्रीवास युथ युनाईटेडका अध्याक्ष गणेश गुरुङले जानकारी दिनुभयो ।
पाख्रीबास युथ युनाइटेडको आयोजना तथा पाख्रीवास नगरपालिकाको सहयोगमा भएको प्रतियोगिताका विजयी समूहलाई प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समिति सदस्य सुनिल वहादुर थापा र पाख्रीवास नगरपालिका प्रमुख ज्ञान वहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए ।
यो पनि…
महासङ्घ तथा अन्तर्राष्ट्रिय वित्त निगमबीच सहकार्य
काठमाडौँ, २९ असोज (रासस) :नेपालका निजी क्षेत्रको अवस्थाको मूल्याङ्कन गरी यस क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदानको स्मरण गर्दै नीति निर्मातालाई जानकारी गराउन नेपाल उद्योग वाणिज्य महासङ्घ र अन्तर्राष्ट्रिय वित्त निगमले हातेमालो गर्ने सहमति गरेका छन् ।
यो सहकार्यबाट एउटा संयुक्त प्रतिवेदनको तयार हुनेछ । यस प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा तथ्याङ्क, अवधारण, विश्लेषण र नीतिगत सुझाव प्रस्तुत गर्नेछ । सो कार्यले सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच निजी क्षेत्रको विकासका सवालबारे नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य लिएको छ ।
सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको छ । उनानसय प्रतिशतभन्दा बढी औपचारिक व्यवसाय निजी क्षेत्रको स्वामित्वमा छन् । यसमा शिक्षा तथा स्वास्थ्य जस्ता सामाजिक क्षेत्रमा गरिएका उल्लेख्य लगानी समावेश छ । पूँजी निर्माण तथा रोजगारीका अवसरको सिर्जनामा निजी क्षेत्रको बढ्दो उपस्थिति रहेको छ । मुलुकभित्र लाखौँ जनशक्ति निजी क्षेत्रमा, विशेषगरी कृषिमा आबद्ध रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले भन्नुभयो, “नेपालका विकाससम्बन्धी लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्रको थप विकास तथा सुदृढीकरण आवश्यक छ । सुसुचित नीतिगत सुधार एवं सार्वजनिक तथा निजी क्षेत्रबीच बहसबाट मात्रै यो हासिल गर्न सम्भव रहेको छ ।” विश्वको सबैभन्दा ठूलो विकास साझेदारका रूपमा अन्तर्राष्ट्रिय वित्त निगम नेपालमा बजार तथा अवसरको विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको छ । यसका लागि घरेलु तथा विदेशी लगानीकर्ताहरूका लागि लगानी गर्ने वातावरणमा थप सुधार गर्न आवश्यक छ ।
अन्तर्राष्ट्रिय वित्त निगमका नेपालका लागि आवासीय प्रतिनिधि बाबाकार एस. फायेले भन्नुभयो, “सार्वजनिक–निजी क्षेत्रबीचको नीतिगत बहसलाई थप सुसुचित गर्नुका साथै नेपाली नागरिकको हितका लागि निजी क्षेत्रले विकासमा पार्ने प्रभाव अभिवृद्धि गर्र्न यस क्षेत्रको अवस्थाबारे सघन रूपमा अनुसन्धान गरिएको विश्लेषणात्मक आवधिक प्रतिवेदन महत्वपूर्ण हुनेछ ।”


