डाँडाबजार प्राथमिक स्वास्थ्य केन्द्रमा डिजिटल एक्स–रे मेसिन जडान

धनकुटा,२९ कार्तिक । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ५ स्थित डाँडाबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डिजिटल एक्स–रे मेसिन जडान गरिएको छ ।

साँगुरीगढी गाउँपालिकाको विशेष पहल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा उक्त डिजिटल एक्स–रे मेसिन उपलब्ध भएको र जडान गरिएको हो ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले उक्त एक्स–रे मेसिन आज एक कार्यक्रमका बिच स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नु भएको छ । अध्यक्ष राईले बिशेष पहलमा स्वास्थ्य मन्त्री भवानी खापुङलाई मन्त्रालय पुगेर भेट गरि डाँडा बजार स्वास्थ्य चौकीमा डिजिटल एक्स–रे मेसिन उपलब्ध बारे माग पत्र वुझाउनु भएको थियो ।

हस्तान्तरण कार्यक्रम साँगुरीगढी गाउँपालिका वडा नं। ५ का वडाध्यक्ष खड्गबहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त केन्द्रबाट पालिका भरिका वुढिमोरङ, फाक्सिव, खुवाफोक, डाँडाबजार, चौविसे गाउँपालिकाको राजारानी, मौनावुधुक, वसन्तटार तथा मोरङ जिल्लाको केरावारी, पाटीगाउँ लगायतका क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्दै हुँदै आइरहेको छ ।

तस्बिर : मिलन हेग्मीको फेसबुकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।