धनकुटा महोत्सव सफल बनाउन प्रदेश १ का मुख्यमन्त्री कार्की संग छलफल

धनकुटा । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीसँग प्रादेशिक औद्योगिक व्यपार मेला तथा ५ औं धनकुटा महोत्सव सफल बनाउन धनकुटा उद्योग बाणिज्य संघको टोलिले छलफल गरेको छ ।

संघका पदाधिकारीहरु विराटनगर पुगेर मुख्यमन्त्री कार्कीलाई भेट गरी महोत्सवकोबारेमा छलफल गरेका हुन् । छलफलमा मुख्यमन्त्री कार्कीले धनकुटा महोत्सवले उद्योग ब्यापार र पर्यटनको प्रवद्धन गर्न सहयोग पुग्ने वताउनु भएको टोलिले जनाएको छ ।

उहाँले महोत्सव सफल वनाउन र समग्र जिल्लाकै विकास र समृद्धीका लागि प्रदेश सरकारको तर्फवाट सहयोग रहने समेत वताउनु भयो । टोलिले धनकुटाको व्यापारव्यावाय दिनप्रतिदिन खस्किदै गएको भन्दै यो अवस्थाको सुधारका लागि महोत्सव आयोजना गर्न लागिएको मुख्य मन्त्री कार्कीलाई जानकारी गराउदै जिल्लाको थप विकास र समृद्धीका लागि प्रदेश सरकारले विशेष ध्यान दिन अनुरोध गरेको छ ।

टोलिमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, ,उपाध्यक्ष निर्मला श्रेष्ठ राई ,कोषाध्यक्ष रुपेश श्रेष्ठ,महालक्ष्मी नगरपालिकाका पूर्व मेयर पर्शुराज नेपाल लगायतको सहभागिता थियो ।

प्रादेशिक औद्योगिक व्यपार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सवको माघ ६ गते प्रधान मन्त्री पुष्प कमल दाहाल प्रचण्डबाट समुद्घाटन गर्ने तयारी गरिएको छ भने माघ १६ गते प्रदेश मुख्य मन्त्री कार्कीको प्रमुख आथित्यमा समापन गरिने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईले वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।