किराँत राई विद्यार्थी संगठन धनकुटाको तेश्रो जिल्ला अधिवेशनद्वारा १७ सदस्यीय नयाँ कार्य समिति चयन
धनकुटा । किराँत राई विद्यार्थी संगठन धनकुटाको तेश्रो जिल्ला अधिवेशनले १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
संघका निर्वमान अध्यक्ष वसन्त राईको अध्यक्षतामा धनकुटामा आज सम्पन्न अधिवेशनले चयन गरेको नयाँ कार्य समितिको अध्यक्षमा समिर राई उपाध्यक्षमा विश्व खुङछा राई, सचिवमा सनिता राई, सह-सचिवमा राष्ट्र राई र कोषाध्यक्षमा सुजन राई रहेकाछन् ।
त्यस्तैगरि सदस्यहरुमा मेनस्का राइ,निमा राई,कञ्चन राई,सस्मिका राई,पवन राई,रेजिना राई,दिपेश राई,आशिष राई,मदनमाया राई,सन्देश कुलुङ राई, डाँफे राई, सुजिता राई र सुवास राई रहेका छन् ।
अधिवेशनको खुल्लासत्रलाई सम्बोधन गर्दै किराँत राई विद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष सन्तोष मुक्किम राईले किराँत राई यायोख्खाले उठाएका मुद्वाहरुलाई आत्मासात गर्दै अघि बढ्न विद्यार्थी संगठनलाई आग्रह गर्नुभएको छ ।
उहाँले सम्भावना भएका विद्यार्थीहरुलाई राजनीति तर्फ लाग्न सुझाव दिदै त्यसका लागि सम्बन्धित सबैले सहयोग गर्न आवश्यक रहेको वताउनुभयो । उहाँले किराँत राई विद्यार्थी संघका संस्थापक अध्यक्ष नविन राईलाई राज्यले वेपत्ता वनाएको भन्दै उहाँको वर्तमान स्थिति सार्वजनिक गर्न सरकार समक्ष आग्रह गर्नुभयो ।
त्यस्तैगरी किराँत राई राष्ट्रिय परिषद सदस्य निता राईले प्रदेश १ को नामांकरण किराँत प्रदेश राख्नुपर्ने भन्ने मुद्वालाई निरन्तरता दिर्दै भाषा, धर्म, सस्कार सास्कृती संरक्षण प्रवद्वर्नमा जोड दिन आग्रह गर्नुभयो । अधिवेशनमा किराँत राई यायोख्खा केन्द्रिय सदस्य अञ्जना राई, अध्यक्ष उद्धवमणी राई, निर्वतमान अध्यक्ष नगेन्द्र राई ,किराँत राई कर्मचारीमञ्चका केन्द्रिय सदस्य उमेश राइ जिल्ला अध्यक्ष मैया राई लगायतले शूभकामना मन्तव्य राखेका थिए ।
अधिवेशनमा स्वागत मन्तव्य साजन राईले राख्नुभएको थियो । सञ्चालन रविना राईले गर्नुभएको थियो । अधिवेशनमा किराँत राई यायोख्खा धनकुटाका सदस्य वसन्त राई, किराँत राई पत्रकार संघ धनकुटाका सचिव जयन्ती राई लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधि र विद्यार्थीहरुको उपस्थिती थियो ।
अधिवेशनकै अवसरमा नायव सुव्वामा नाम निकाल्न सफल भएकी मनिषा राईलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।





