सिंधुवा बजारमा भएको आ’गला’गीमा ४९ लाख बराबरको क्षति

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ सिधुवा बजारमा गएराती आग्लागी हुँदा ४९ लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आग्लागीमा परि ललिता राईले भाडामा लिएको फ्रेस हाउसवाट सल्किएको आगोले सन्त बहादुर राईको काठ टिनले बनेको २ तले घर पुर्ण रुपमा जली नष्ट भएको छ । घरमा रहेको २ तोला सुन, नगद २ लाख, २० वटा कुखुरा समेत गरि अन्दाजी रु ३७ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

त्यस्तैगरि डिक बहादुर खडका र होम बहादुर थापाको संयुक्त २ तल्ले पक्की घरको माथिल्लो तल्लाको ट्रस तथा टिनको छानो जल्दा अन्दाजी मुल्य रु ५ लाख पचास हजार बराबरको क्षती भएको छ ।

घर आंशिक रुपमा क्षती भएको छ भने झमक थापाको २ तले पकी घरको माथिल्लो तल्लामा रहेको नगद ७० हजार, ५ थान खाट, २ तोला सुन, लत्ताकपडा गरी अन्दाजी ५ लाख बराबरको क्षती भएको र घर आंशिक क्षती भएको जिल्ला प्रहरी कार्यलय धनकुटाको सञ्चार शाखाले जनाएको छ ।

त्यस्तै अर्जुन घिमिरेको २ तले पकी घरको माथिल्लो तल्लामा सञ्चालित लजको २ कोठाको ट्रस, लताकपडा गरी अन्दाजी १ लाख बराबरको क्षती भएको र घर आंशिक रुपमा क्षती भएको छ भने डम्बर थापाको अन्दाजी ५० हजार बराबरको काठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आग्लागीको कारण खुल्न सकेको छैन । आगो धनकुटा नगरपालिका दमकल, म्याङलुङ नगरपालिका तेह्रथुमको दमकल सहित नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।